गृह » अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु, न्यू डायमण्ड, आर्मी र एपीएफको विजयी सुरुवात
खेलकुद

अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु, न्यू डायमण्ड, आर्मी र एपीएफको विजयी सुरुवात

दिपेन्द्र अधिकारी
पटिहानी । चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ शनिबारबाट सुरू भएको छ । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिनको खेलमा शिवम न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । पहिलो सेटमा २५–२० को जित हात पारेको डायमण्डले दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–१५ को जित हात पा¥यो ।
समूह ‘बी’मा तीन टिम छन् । अर्को खेलमा आइतबार बिहान ९ बजे हरियाणाले नेपाल पुलिस क्लबको सामना गर्ने प्रचारप्रसार संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
समूह ‘ए’ कोे अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले इफ्याट बंगलादेशलाई ३–० को सेटमा पराजित गरे । एपीएफले बंगलादेशमाथि २५–६, २५–७ र २५–७ को जित दर्ता गरायो ।
शनिबार नै भएको अर्को खेलमा गृहजिल्लाको टिम चितवन टाइगरलाई अर्को विभागीय टिम नेपाल आर्मीले सोझो सेटमा नै पराजित ग¥यो । समूह ‘बी’ को यो खेलमा आर्मीले २५–१२, २५–१५ र २५–१० को जित निकाल्यो ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, नेपाल आर्मी, चितवन टाइगर र बंगलादेश छन् ।
दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिने म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए । भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् ।
प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।

भलिबलले क्षेत्रीय एकता
भरतपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेलले विभिन्न देशहरुबीच क्षेत्रीय सम्बन्ध विस्तार र प्रगाढमा उल्लेखनीय सहयोग पुग्ने बताएका छन् ।
शनिबारबाट भरतपुर –पटिहानीमा सुरू भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बोल्दै प्रचण्डले खेलले नै सम्बन्ध सुधारमा कडीको रुपमा काम गर्ने बताए । यहाँ आयोजित भलिबल प्रतियोगितामा नेपाल, भारत र वंगलादेशका गरी कुल ७ टिम सहभागी छन् । आफ्नै सरकारको पालामा भलिबललाई राष्ट्रिय खेल आयोजना गरिएको भन्दै प्रचण्डले यस खेलको मह¤व झनै बढ्नेमा आफू विस्वस्त रहेको बताए । कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम भलिबल खेलका मूल आयोजक समिति संयोजक वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट