गृह » ‘वामगठबन्धनबीच छिट्टै एकता’
राजनीति

‘वामगठबन्धनबीच छिट्टै एकता’

भरतपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक–२ का प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले वामगठबन्धनबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।
शनिबार नवलपरासीको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुमा एमालेले अध्यक्ष र प्रधानमन्त्री दुवै पद र माओवादीले दुई मध्ये कुनै एक पद लिने भन्ने विषयमा विवाद रहे पनि शीर्ष नेताहरुले विवाद मिलाएर चाँडै पार्टी एकता हुने बताए । कार्यक्रम प्रेस चौतारी नवलपरासीका उपाध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट