गृह » मिनिसोको सातौं शाखा चितवनमा
अर्थ

मिनिसोको सातौं शाखा चितवनमा

भरतपुर । जापानिज ब्राण्डको आधिकारीक बिक्रेता मिनिसोको सातौं शाखाको शनिबार चितवनमा उद्घाटन गरिएको छ ।
चितवन शाखाको पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, कलाकार सन्दिप क्षेत्री, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलगायतले रिवन काटेर उद्घाटन गरेका हुन् ।
मिनिसोको जम्मा १० हजार प्रकारका सामानहरु रहेकोमा नेपालमा चार हजार प्रकारका सामान पाइने मिनिसो नेपालका प्रवन्ध निर्देशक आशाराम तन्दुलकारले बताए । मिनिसोको विश्वका ७० वटा देशमा क्षेत्र विस्तार गरिएको तन्दुलकारले जनाए ।
डेढ वर्षअघि नेपाल भित्रिएको यस कम्पनीले नेपालीहरुले प्रयोग गर्ने खानाका सामान बाहेकका ७५ प्रतिशत सामान बिक्री गर्ने मिनिसोका चितवन शाखाका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले जानकारी दिए । अन्य स्टोरहरुमा भन्दा केही सुपथ र टिकाउ सामानहरु मिनिसोले बिक्री गर्दै आएको उनले दाबी गरे । करिब पाँच करोडको लगानीमा शाखा विस्तार गरिएको उनले बताएका छन् ।
सोही अवसरमा शाखाले मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई एक लाख रूपैयाँ सहयोग गरेको छ । शाखा प्रबन्धक विष्णु न्यौपानेले संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट