गृह » लोकगायक राजु श्रेष्ठको ‘आकाशको जूनलाई’ बजारमा
कला

लोकगायक राजु श्रेष्ठको ‘आकाशको जूनलाई’ बजारमा

चितवन । लोक तथा दोहोरी गायक एवम् सञ्चारकर्मी राजु श्रेष्ठ आफ्नो नयाँ गीतसहित दर्शकस्रोतामाझ हाजिर भएका छन् ।
होम बगालेको शब्द होम बगाले र डिबी सुनारको लय संकलनमा तयार भएको गीतमा गायक श्रेष्ठलाई अहिलेका चर्चित गायिका मुना थापामगरले स्वरमा साथ दिएकी छिन् । गीतको संगीत संयोजन सागर विरहीले गरेका छन् ।
चोखो मायामा आफ्नै घरपरिवार बाधक बनेको विषयलाई गीतमार्फत प्रस्तुत गरिएको छ । केही दिनअघिमात्रै युट्युबमार्फत सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन, विष्णु शर्माको सम्पादन रहेको छ भने राजेश घिमिरेले क्यामेरामा दृश्य कैद गरेका छन् ।
भिडियोमा कृष्ण कुँवर, करुणा रिजाल, कुमार पौडेल, नेन्सी गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन् । गीत निकै आशलाग्दो बनेकोले यसअघिका गीतहरूलाई जस्तै ‘आकाशको जूनलाई’लाई पनि दर्शकस्रोताले मन पराउनेमा आफू ढुक्क रहेको उनले बताए ।
उनी भन्छन्, “दर्शक स्रोताको निरन्तर माया, साथ र सहयोगकै कारण गीतसंगीतमा निरन्तरता दिन सकेको हुँ । आगामी दिनमा पनि नेपाली लोकसंगीतलाई निरन्तरता दिँदै जाने छु ।”
यसअघि पनि उनको ‘तिम्रो तस्बिर’ (एकल लोकगीत) र ‘मन मान्दै मान्दैन’लगायतका गीत बजारमा आइसकेका छन् । उनी ‘नक्कली नानीले’, ‘स्वदेशगान’, ‘परदेशी’, ‘जोवन साट्ने भा’लगायतका गीत बजारमा ल्याउने तयारीमा छन् ।

Comments

About the author

चितवन पोष्ट