गृह » मिर्गौला उपचारका लागि ‘लाइभ म्यूजिक’
कला

मिर्गौला उपचारका लागि ‘लाइभ म्यूजिक’

भरतपुर । चितवनमा गायिका जलजला परियारको उपचार सहयोगार्थ ‘लाइभ म्युजिक फर जलजला’ कार्यक्रम गरिने भएको छ । उनी दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् ।
जलजला नेपाल तारा सिजन–३ मा प्रतिस्पर्धी थिइन् । उनले बाटोमुनिको फूल–२ चलचित्रमा केही कदम बोलको गीत, एकोहोरो प्रेम एल्बममा समावेश ढुङ्गाको मन बोलको गीतबाट चर्चामा छिन् । उनी विभिन्न रियालिटी शोमा दर्शकको रोजाइमा पर्दै आएकी थिइन् । उनी सबैको मन छुने गीत गाउने सपना पूरा गर्न दिनरात संगीत साधनामा जुटेकी थिइन् ।
उनको उपचारका लागि भरतपुरस्थित क्यान्सर अस्पतालको अडेटेरियन हलमा यही २७ गते शनिबार विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममार्फत संकलित रकम जलजलाको उपचारमा सहयोग गर्ने लक्ष्य लिइएको छ । बेटर चितवन, लियो क्लब अफ नारायणगढ चित्रवन, मिस एसइइ स्टार चितवन समूहले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् ।
लाइभ म्यूजिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय एकदर्जन बढी कलाकारले आआफ्नो विशेष प्रस्तुति दिनेछन् । एञ्जीला रेग्मी, सुजता पाण्डे, अप्सर अली, विद्या तिवारी, भुुवन प्यासी, रोन्जाइ, महेन्द्र बराल लगायतका गायक गायिकासहित एनएमजी व्याण्ड लगायतले प्रस्तुीि राख्ने कार्यक्रम संयोजक निकेश बरालले जानकारी दिए । कार्यक्रम दिउँसो ३ बजेदेखि सुरू हुने आयोजकले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट