गृह » टाटा मोटर्सबाट नयाँ व्यवसायिक गाडीको बिक्री सुरु
अर्थ समाचार समाज

टाटा मोटर्सबाट नयाँ व्यवसायिक गाडीको बिक्री सुरु

काठमाडौं । नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीहरुको व्यवसायिक बिक्री सुरु गरेको छ ।
टाटाले एलपीटी ८१०, एलपीटी १०१०, एलपीटी ९१२, एलपीके ९१२, एलपीटी ११०९, एलपीके १२१२ र एलपीटी १४१२ को व्यवसायिक बिक्री सुरु गरेको घोषणा गरेको हो । यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल इन्जेक्सन (सीडीआरआई) इन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाइन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाइम र चलाउनमा बढी आरामदायी रहेको कम्पनीले जनाएको छ ।
१७ लाख ५० हजार प्रारम्भिक मूल्य भएका यी मोडेलका गाडीहरु लाइट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देशभरी नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने योजना छ । कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररुप मैत्रले भने, ‘नेपालमा कमर्सियल गाडीहरुको नं. १ ब्राण्ड भएको हैसियतले ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रोडक्ट तथा सेवाहरु दिने हाम्रो प्रयास जारी रहने छ । हाम्रा मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपरहरु छन् । नेपालको बाटो सुहाउँदा यी ट्रकहरु त्यही किसिमले डिजाइन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दा पनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।’

Comments

About the author

चितवन पोष्ट