गृह » विद्यार्थीको सहयोगको लागि अक्षयकोष
अर्थ समाचार समाज

विद्यार्थीको सहयोगको लागि अक्षयकोष

भरतपुर । क्यानडामा रहेका सुमन अधिकारी, एलिसा अधिकारी, हाल अमेरिका बस्ने सुनिता अधिकारी (रेग्मी ) र भरतपुर ११ बस्ने युथ फर ब्लड चितवनका अध्यक्ष आशिष पौडेलद्वारा संयुक्तरूपमा मामाघर हजुरबुवाको स्मृतिमा कोइलाहाका विपन्न विद्यार्थीको सहयोगका लागि आक्षयकोषको स्थापना गरेका छन् ।
भरतपुर महानगरपालिका–२६ जुनेलीगाउँ निवासी स्व कृष्णप्रसाद वाग्लेको स्मृतिमा शुक्रबार आधारभूत विघालय भरतपुर–२६ कोइलाहामा विपन्न विद्यार्थीलाई सहयोग गर्ने हेतुले अक्षयकोष स्थापनाका लागि एक लाख १११ रूपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण चौधरीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रामभक्त वाग्लेले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट