गृह » दानको मह¤व
विचार

दानको मह¤व

डा. मतिप्रसाद ढकाल
dhakalmatip@gmail.com
‘जयेत् कदर्यं दानेन’ (महाभारत ३।१९४।६) अर्थात् गरिब वा विपन्न वर्गका व्यक्तिलाई दान दिएर वशमा लिन सकिन्छ । ‘न चानुकीर्तयेत् द¤वा’ (पूर्ववत् ३।१९५।४) कुनै दान दिइसकेपछि त्यसको बारम्बार चर्चा गर्नुहुँदैन । सम्पन्न वर्गका व्यक्तिलाई दान दिँदा दान लिनेले प्रायः त्यसको उपयोग गर्दैनन् भने दान दिएपछि त्यसको चर्चा गरिरहँदा दानको मह¤व घट्तै जान्छ ।दान दिने व्यक्ति परोपकारी भावनाले ओतप्रोत भएको हुनुपर्छ । परोपकारी भावना नहुन्थ्यो भने राजा शिबिले आप्mनो शरणमा आएको परेवालाई बचाएर बाजका निमित्त परेवाकै बराबरको आप्mनै शरीरको मासु काटेर बाजलाई दान दिने थिएनन् । त्यसै सन्दर्भमा देवर्षि नारदले शिबि राजाको प्रशंसा गरेका थिए । शिबिले यश वा कीर्तिको चाहनाले दान गर्दैनथे अनि धनका लागि वा भोगको चाहनाले पनि दान गर्दिनँ भनेर उनले यसरी प्रतिज्ञा गरेका थिए—
नैवाहमेतद् यशसे ददानि,
न चार्थहेतोर्न च भोगतृष्णया ।।
(पूर्ववत्, ३।१९८।२६)
सोह्र प्रकारका दानहरु व्यर्थ हुन्छन्— १. वानप्रस्थ र सन्न्यास आश्रमबाट गृहस्थाश्रममा आएको गृहस्थीलाई दिएको दान, २. अन्यायद्वारा आर्जन गरिएको धनको दान, ३. पतित ब्राह्मणलाई दिएको दान, ४. चोरलाई दिएको दान, ५. पिता आदि गुरूजनहरुलाई दिएको दान, ६. मिथ्यावादीलाई दिएको दान, ७. पापीलाई दिएको दान, ८. कृतघ्नलाई दिएको दान, ९. गाउँले पुरोहितलाई दिएको दान, १०. वेद बेच्नेवालालाई दिएको दान, ११. शूद्रद्वारा यज्ञ गराउनेवालालाई दिएको दान, १२. नीच ब्राह्मणलाई दिएको दान, १३. शूद्र जातकी श्रीमती भएका ब्राह्मणलाई दिएको दान, १४. सर्प खेलाउने सपेरालाई दिएको दान, १५. सेवकलाई दिएको दान र १६. स्त्रीहरुलाई दिएको दान पनि व्यर्थ हुन्छ । पिता आदि गुरूजन, सेवक र स्त्रीहरुको पालनपोषण गर्नु प्रत्येक पुरूषको कर्तव्य हो । तिनलाई दिनु कर्तव्यको नै पालना हो । त्यसैले तिनलाई दान दिनु दानको श्रेणीमा पर्दैन । यी सोह्र प्रकारका व्यक्तिलाई छाडेर सबै अवस्थामा श्रेष्ठ ब्राह्मणलाई दान दिनुपर्छ र यस्तै किसिमका दानका माध्यमबाट दाताले स्वर्गमा अधिकार प्राप्त गर्दछ ।
श्रोत्रियाय दरिद्राय गृहस्थायाग्निहोत्रिणे ।
पुत्रदाराभिभूताय तथा ह्यनुपकारिणे ।।
एवं विधेषु दातव्या न समृद्धेषु भारत ।
(पूर्ववत्, ३।२००।२७—२८)
अर्थात् दान लिनेवाला ब्राह्मण वेद पढेको हुनुपर्छ, निर्धन वा गरिब हुनुपर्छ, गृहस्थी हुनुपर्छ, सदैव अग्निहोत्र गर्ने हुनुपर्छ, दरिद्रताका कारण जसले पत्नी र सन्तानको तिरस्कार सहनुपरेको छ त्यस्तो ब्राह्मण हुनुपर्छ र दाताले न पहिल्यै जसबाट प्रत्युपकार प्राप्त गरेको थियो न भविष्यमा प्रत्युपकार प्राप्त हुने सम्भावना छ त्यस्तो ब्राह्मण हुनुपर्छ । यस्ता व्यक्तिलाई गाई आदि दान दिनुपर्छ तर धनी व्यक्तिलाई दान दिनुहुँदैन ।
दानद्वारा प्राप्त गरेको गाई जसले बेच्छ त्यसले दाताको तीन पुस्तालाई हानि पु¥याउँछ । त्यस्ता ब्राह्मणले न दातालाई नै तार्छन् न त आपूmलाई नै तार्न सक्छन् ।
अन्न नै सबैभन्दा मह¤वपूर्ण वस्तु हो । त्यसभन्दा ठूलो कुनै वस्तु छैन । त्यसैले वेदमा अन्नलाई प्रजापति वा ब्रह्मा भनिएको छ । प्रजापतिलाई संवत्सर मानिएको छ । संवत्सर यज्ञरुप हो र यज्ञहरुमा सबैको अस्तित्व रहेको हुन्छ । यज्ञद्वारा समस्त चराचर प्राणीहरु उत्पन्न हुन्छन् । अतः अन्न नै सबै पदार्थहरुमा श्रेष्ठ छ भन्ने कुरा सर्वत्र प्रसिद्ध छ । त्यसैले अन्नदान दिने व्यक्ति सर्वप्रथम स्वर्गमा प्रवेश गर्छ, त्यसपछि सत्यवादी स्वर्गमा जान्छन्, त्यसपछि नमागीकन दान दिने व्यक्ति स्वर्ग जान्छन् । यसरी तीनै प्रकारका पुण्यात्मा व्यक्तिहरुले समान गतिलाई प्राप्त गर्दछन्—
अन्नदाः प्रथमं यान्ति सत्यवाक् तदनन्तरम् ।
अयाचितप्रदाता च समं यान्ति त्रयो जनाः ।।
(पूर्ववत्, ३।२००।४२)
वाहनहरु दान गर्नाले परलोकको यात्रामा सुखपूर्वक यात्रा गर्न पाइन्छ । छाता दान गर्नाले परलोकमा घामपानीबाट बच्न सकिन्छ । अन्नदान गर्नाले परलोकमा भोकै रहनुपर्दैन । वस्त्रदान गर्नाले परलोकमा नाङ्गै रहनुपर्दैन । सुनदान गर्नाले परलोकको यात्रामा अलङ्कृत भएर यात्रा गर्न पाइन्छ । भूमिदान गर्नाले परलोकमा मनोवाञ्छित भोगहरुद्वारा तृप्त हुने अवसर मिल्छ । जलदान गर्नाले परलोकको यात्रामा प्यासले तडपिनु पर्दैन । दीपदान गर्नाले परलोकको यात्रामा मार्ग अँध्यारो हुँदैन । गाईदान गर्नाले सर्वोत्तम फल प्राप्त हुन्छ ।
तपसा स्वर्गगमनं भोगो दानेन जायते ।
ज्ञानेन मोक्षो विज्ञेयस्तीर्थस्नानादघक्षयः ।।
(पूर्ववत्, ३।२००।११८)
अर्थात् तपस्याद्वारा स्वर्गलोकमा जाने सौभाग्य प्राप्त हुन्छ । दानद्वारा विभिन्न भोगहरुको प्राप्ति हुन्छ । ज्ञानद्वारा मोक्ष प्राप्त हुन्छ । तीर्थस्नानद्वारा पापहरुको क्षय हुन्छ भन्ने कुरा बुभ्mनुपर्छ ।
युधिष्ठिरले मार्कण्डेयसँग श्रुति र स्मृतिहरुमा वर्णन गरिएको दानको रहस्य अवगत गर्न पाए हुन्थ्यो भन्ने जिज्ञासा पनि राखेका थिए । तदनुसार मार्कण्डेयले युधिष्ठिरलाई दानको रहस्य बताउँदै गए । बिहीबारे औँसीका दिन पीपलको वृक्षको छायालाई गजच्छाया पर्व भनिन्छ । गजच्छायामा जलको समीपमा गरिएको श्राद्ध एकलाख कल्पसम्म पनि नष्ट हुँदैन । अतिथिलाई सत्कार गर्नेले सम्पूर्ण यज्ञहरुको अनुष्ठान पूर्ण गरेसरह फल प्राप्त गर्दछ । नदीको महान् प्रवाहमा ग्रहणका बेला ब्राह्मणलाई दिइएको दानले अक्षय पुण्यको प्राप्ति हुन्छ भने त्यस्ता नदीमा स्नान गर्ने जुनसुके व्यक्ति ठूला ठूला पापहरुबाट समेत मुक्त हुन्छ ।
पर्वका अवसरमा दिइएको दान दुईगुना र ऋतुको आरम्भ हुने बेलामा दिइएको दान दशगुना पुण्यदायक हुन्छ भने उत्तरायण तथा दक्षिणायन प्रारम्भ हुने दिन, मेष, मिथुन, कन्या, तुला, धनु र मीन सङ्क्रान्तिका दिन तथा चन्द्रग्रहण र सूर्यग्रहणका अवसरमा गरिएको दान अक्षय हुन्छ ।
जसले यसलोकमा भूमिदान गरेको छैन त्यसले परलोकमा पृथ्वीको उपभोग गर्न पाउँदैन भने जसले सवारी साधनको दान गरेको छैन त्यसले परलोकमा सवारी साधन चढेर यात्रा गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले यस जन्ममा जुन जुन पदार्थहरु योग्यतम ब्राह्मणलाई दान दिइन्छ अर्को जन्ममा ती ती पदार्थहरुलाई उपभोग गर्न पाइन्छ ।
परं हि दानान्न बभूव शाश्वतं
भव्यं त्रिलोके भवते कुतः पुनः ।
तस्मात् प्रधानं परमं हि दानं
वदन्ति लोकेषु विशिष्टबुद्धयः ।।
(पूर्ववत्, ३।२००।१२९)
अर्थात् तीनै लोकमा दानभन्दा ठूलो शाश्वत पुण्यदायक कर्म अर्को पहिला कहिल्यै भएन भने अब कसरी हुनसक्छ ? त्यसैले उत्तम बुद्धि भएका व्यक्तिले संसारमा दानलाई नै सर्वोत्कृष्ट पुण्यकर्म हो भन्दछन् ।हामीले जानेर वा नजानेर अनेकौँ पापयुक्त कर्महरु गरेका हुन्छौँ र तिनलाई क्रमशः नष्ट गर्नका लागि विभिन्न तीर्थस्थलमा गएर स्नान गर्न असम्भव छैन । तीर्थस्थलमा गरिने स्नानद्वारा पनि नष्ट हुन नसकेका हाम्रा पापहरुका कारण हामीले परलोकको यात्रामा अनेकौँ कष्टहरु भोग्नुपर्छ । त्यसैले त्यस्ता कष्टहरु भोग्नु नपरोस् भनेर हामीले विभिन्न किसिमका दानहरु गर्ने गरेका छौँ तर त्यसरी दान दिँदा योग्य पात्रलाई दान दिनबाट हामीहरु चुक्यौँ भने दानद्वारा प्राप्त हुने सुखभोग गर्नबाट समेत हामीहरु वञ्चित नै हुनेछौँ । तसर्थ दान दिन अग्रसर हुनुभन्दा पूर्व हामीले योग्य पात्रको पहिचान गर्न सक्नुपर्छ तबमात्र हामीले दिने गरेका दानहरुका कारण हामी परलोकमा ऐश्वर्यभोग गर्न समर्थ हुनेछौँ ।
(सहप्राध्यापक, नेसंवि, कालिका संस्कृत विद्यापीठ, गैँडाकोट, नवलपरासी)

Comments

About the author

चितवन पोष्ट