गृह » रोमाञ्चक राइड आउटको दोस्रो संस्करण
अर्थ समाचार समाज

रोमाञ्चक राइड आउटको दोस्रो संस्करण

भरतपुर । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ ।
यसपटक एफजी २५ राइडरर्सलाई यामाहाले आफ्नो चितवन नारायणघाट नविन अटो सेन्टरबाट पूर्वी चितवन कालिका मोटरसाइकल पार्टस् टाँडी हुँदै सौराहा उडरक भिल्लामा लगेको थियो ।उक्त राइडआउटको लागि नविन अटो सेन्टरका प्रवन्धक कपिलसागर कर्माचार्य, कालिका मोटरसाइकल पार्टस्का प्रबन्धक उत्तम अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अटो सेन्टरका प्रबन्धक कर्मचार्यले सम्पूर्ण राइडरहरुलाई स्वागत गर्नाका साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी गराए । त्यसैगरी पार्टस्का प्रबन्धक अधिकारीले यस्ता कार्यक्रमहरुबाट सुरक्षित यात्रा मात्र नभई एउटा बिक्रेता र ग्राहकको बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने पनि जानकारी दिनुका साथै यामाहा मोटरसाइकल तथा स्कुटरको बिक्रीबाट पर थान २०० का दरले गरिब, जेहेन्दार र पिछडिएका बालबालिकाको शिक्षाको लागि कालिका यामाहा कोषमा जम्मा गरिने पनि बताए ।
पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामूहिक टास्क दिइएको थियो । यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।
‘राइडरहरुप्रति यामाहाले सधैं सहयोगी भाव राख्ने गरेको छ । आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर आशिष काफ्लेले भने ।
अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।
यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्यून गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । लन्च भएको छोटो अवधिमै एफजी२५ नेपालमै सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको कम्पनीको दाबी रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट