गृह » शैक्षिक प्रतिष्ठान बनाउने फाइल मन्त्रालयमै अलपत्र
प्रमुख समाचार स्वास्थ्य

शैक्षिक प्रतिष्ठान बनाउने फाइल मन्त्रालयमै अलपत्र

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठान ९टिचिङ हस्पिटल०को रुपमा विकास गरिने योजना स्वास्थ्य मन्त्रालयमा पुगेर अलपत्र परेको छ ।
तर, एउटा सरकारका मन्त्री, नेता, प्रधानमन्त्रीलाई कुरा बुझाएर नसक्दै अर्को सरकार बन्ने गरेकाले योजना अलपत्र बनेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट ९मेसु० डा रुद्र मरासिनीले बताए ।
‘स्थायी सरकार बनेपछि मात्र यो कार्यक्रमअघि बढ्ने देखिन्छ, मेसु डा मरासिनीले भने, ‘सरकार र सम्बन्धित मन्त्री पटकपटक फेरिँदा समस्या भएको छ ।’ साथै उनले केन्द्रीय तहमा राजनीतिक इच्छाशक्ति भएमा तत्काल शैक्षिक प्रतिष्ठान बन्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा हालका चितवन क्षेत्र २ ‘ख’ का सांसद विजय सुवेदीको सक्रियतामा भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विस्तार गरी सेवा प्रभावकारी बनाउने योजना रहेको थियो । यस विषयमा अस्पतालका जिम्मेवारी व्यक्तिहरु केही समय नियमित मन्त्रालय पनि धाएका थिए ।
पूर्वाधार छन्
मेसु डा मरासिनीले हाल पनि केही शैक्षिक कार्यक्रमहरु सञ्चालन भइसकेको बताएका छन् । शैक्षिक गतिविधिका लागि भिन्दै भवन हुनुपर्नेमा त्यसको पनि सम्भावना रहेको उनले बताए । त्यस्तै पुस्कालय, जनशक्ति रहेको उनको भनाइ छ । दैनिकजसो अनुसन्धान र सैद्धान्तिक शिक्षा भएमा स्वास्थ्य सेवा थप बलियो हुने उनले बताए । मुख्य प्रवेशद्वार रहेको पूर्वीक्षेत्रमा शैक्षिक भवन निर्माण गर्ने गुरूयोजनामा छ ।
अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने योजनाअनुसार शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने उनले बताए । विशेषज्ञ सेवाअन्तर्गतको स्नाकोत्तर ९एमडीएमएस ० र त्यसपछि डीएमएमसीएचको कार्यक्रम सञ्चालन गर्ने योजना उनले सुनाए ।
हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह, स्नातक तहको नर्सिङ र स्नातकोत्तर चिकित्सा ९एमडीएमएस० कार्यक्रम सञ्चालनमा छ ।
नयाँ गुरूयोजना
अब निर्माण हुने संरचना गुरुयोजनाअनुसार गरिने छ । यसअघि सामान्य नक्सा बनाएर त्यसैलाई गुरूयोजनाको नामाकरण गरिएको थियो । गगन थापा स्वास्थ्यमन्त्री भएका बेला अस्पतालको गुरुयोजना स्वीकृत भएको थियो । गुरूयोजना अनुसारको संरचनाका लागि आर्थिक प्रस्ताव र जनशक्ति योजनासहित मन्त्रालयलमा फाइल पु¥याइसकिएको मेसु डा रुद्र मरासिनीले बताए ।
पाँच वर्षभित्र एक हजार शैयासहित अतिविशिष्ट सेवाको अस्पताल बनाउने योजना छ । हाल ६०० शैया सञ्चालनमा छ ।
गुरुयोजनाअनुसार १४ बिघा १० कठ्ठा जग्गामा छुट्टाछट्टै अस्पताल भवन, शैक्षिक, आवास भवन, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिने छ ।
महत्वपूर्ण सेवा
न्यूरो सर्जरी, मेरुदण्ड शल्यक्रिया, दुरबिनबाट गरिने शल्यक्रिया, सिटी स्क्यान, डायलासिस, एनआइसीयू, आइसीयूलगायतका महत्वपूर्ण सेवाहरु सरकारी अस्पतालमै उपलब्ध छ । ‘बाहिर अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने कतिपय रोगको उपचार हामी कहाँ केही हजार खर्च गरेर पाउन सकिन्छ, अस्पतालका मेसु डा मरासिनीले भने,‘अब थप सेवाको रुपमा युरोलोजी सेवा ल्याउँदैछौं ।’ अहिले अस्पतालमा एकैपटक १२ जना बिरामीको डायलासिस गर्न सकिने उपकरण जडान गरिएको छ ।
ओपीडी नयाँ भवनमा
हाल अस्पतालले नयाँ भवनमा ओपीडी सेवा दिन थालेको छ । यसअघिको भवन भन्दा पछाडि १४ क्याबिन तयार पारी ओपीडी सेवा दिन थालिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । यस भवनको बीच भागमा ठूलो खाली ठाउँ रहेको छ । जहाँ ओपीडी सेवा लिने बिरामीले पालो पर्खने गर्छन् । अस्पतालमा ३ बजेपछिको अतिरिक्त ईएचएस ओपीडी सेवा छ । हाल दैनिक एक हजारको हाराहारीमा बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।

 

 

Comments

About the author

चितवन पोष्ट