गृह » ‘सन्तुलित खानपानले ६० प्रतिशत क्यान्सर घटाउँछ’
प्रमुख समाचार स्वास्थ्य

‘सन्तुलित खानपानले ६० प्रतिशत क्यान्सर घटाउँछ’

किशोर खनाल
भरतपुर । सन्तुलित खानपानको सेवन गरेमात्र ६० प्रतिशत क्यान्सर नियन्त्रणमा आउने देखिएको छ । भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको अनुसन्धानमा स्वस्थकर नभएका खानेकुरा, विषादीयुक्त तरकारी तथा फलफूलको सेवनका कारण अत्यधिक क्यान्सर रोगी बढेको देखिएको छ ।
‘६० प्रतिशत क्यान्सरका बिरामी अस्वस्थकर खानपानका कारणले भइरहेका छन्’ क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका विभागीय प्रमुख भोला सिवाकोटीले भने, ‘भरतपुर क्यान्सर अस्पतालको वर्षभरिको अनुसन्धानले ३० प्रतिशत क्यान्सरका बिरामी सूर्तीजन्य पदार्थको सेवनका कारणले भइरहेको छ ।’ बाँकी १० प्रतिशत क्यान्सरका बिरामी वातवरण प्रदुषण, सरसफाइ, नियमित व्यायम, नियमित परीक्षण नहुनुलगायतका विविध कारणले भइरहेका उनले बताए ।
‘बासी सडेगलेको खानेकुरा खानु, अत्यधिक विषादीयुक्त तरकारी तथा फलफूल सेवन गर्नु, अखाद्य रंग मिसिएका खाद्यपदार्थ खानुले अहिले क्यान्सरका बिरामी अत्यधिक बढेका अनुसन्धानमा देखिएको छ’ क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका विभागीय प्रमुख सिवाकोटीले भने । उनले रासायनिक मल प्रयोग गरेर उत्पादन गरेका खाद्यपदार्थको सेवनले पनि क्यान्सरका बिरामी बढेको बताए ।
भरतपुरको क्यान्सर अस्पतालका अनुसार नेपालमा वर्षमा ३५ हजारको संख्यामा नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये १० हजार क्यान्सर बिरामीको निदान (क्यान्सर भए, नभएको पत्ता लाग्ने) हुन्छन् । बाँकी २५ हजार क्यान्सरका बिरामी समाजमा त्यतिकै बसिरहेका हुन्छन् । अर्थात् उनीहरु बचाउन नसक्ने अवस्थामा पुग्छन् ।
क्यान्सर विशेषज्ञहरु शारीरिक सक्रियता, नियमित स्वास्थ्य परीक्षण, सूर्तीजन्य पदार्थ सेवन नगरेमात्र ४० प्रतिशत क्यान्सरका बिरामी घट्ने बताउँछन् । उनीहरुका अनुसार नेपालमा एक लाख जनसंख्यामा १२० जनालाई क्यान्सर देखिएको छ ।
समयमै रोगको पहिचान भएर सही उपचार भए क्यान्सर रोग निको हुन्छ । तर समयमै रोगको पहिचान नहुँदा क्यान्सरले विकराल रुप लिइरहेको क्यान्सर विशेषज्ञहरु बताउँछन् ।
भरतपुर क्यान्सर अस्पतालका डा तथा कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले क्यान्सर रोग वर्सेनि बढिरहेको बताए । उनले भने, ‘मानिसहरुको आहारविहार, खानपान, शानदार जीवनशैलीलगायतका विविध कारणले क्यान्सर रोगी बढेका हुन् । उनले भने, ‘पहिला कुन रोग लागेको थाहा हुन्थेन, मानिसको मृत्यु भइरहेको थियो अब मानिसहरुमा क्यान्सरसम्बन्धी चेतना आएको छ । के गर्दा क्यान्सर रोग लाग्छ, मानिसलाई थाहा, तर पनि क्यान्सरका बिरामी बढिरहेका छन् ।’
भरतपुरको क्यान्सर अस्पतालमा वर्षको १० हजार क्यान्सरका बिरामी आउने गरेका छन् । ‘देशभरका ६० प्रतिशत क्यान्सरका बिरामी भरतपुर अस्पतालमा आइरहेका छन्’ उनले भने ।

क्यान्सरबारे सचेतना
भरतपुर । विश्व क्यान्सर दिवसको अवसरमा भरतपुरको क्यान्सर अस्पतालले सचेतना कार्यक्रम गरेको छ । क्यान्सर अस्पतालले क्यान्सरसम्बन्धी सचेतना दिलाउन ¥याली गरेको छ ।
आइतबार बिहान भरतपुर क्यान्सर अस्पताल, नेपाल अबुद्र्ध रोग निवारण संस्था, रोटरी, लायन्सलगायतका सामाजिक संघसंस्थाको आयोजनामा सचेतना ¥याली निकालिएको हो । विभिन्न प्लेकार्ड र व्यानरसहित भरतपुरको छहारी बसपार्कबाट निकालिएको ¥याली लायन्सचोकमा आएर समापन भएको थियो ।
यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर २६ र भरतपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा दिव्यनगरमा क्यान्सर स्क्र्यानिङ (क्यान्सर लाग्नु अगावै परीक्षण) गरिएको छ । २१२ जनामा क्यान्सर स्क्रायानिङ गरिएकोमा ६ जनालाई थप परीक्षणको लागि क्यान्सर अस्पताल पठाइएको थियो । यसैगरी प्रहरी तालिम केन्द्र भरतपुरमा पनि क्यान्सरसम्बन्धी प्रशिक्षण दिइएको क्यान्सर अस्पतालले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट