गृह » प्रतापपुरमा निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्य

प्रतापपुरमा निःशुल्क स्वास्थ्य शिविर

प्रतापपुर । वाल्मीकि बचत तथा ऋण सहकारी संस्था प्रतापपुर–२ को आयोजना र पुस्पाञ्जली हस्पिटल प्रा लि भरतपुरको प्राविधिक सहयोगमा शनिबार प्रतापपुर–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सहकारीको सभाहलमा सप्पन्न उक्त शिविरमा ३५० जनाले सुबिधा लिएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीले बताए । पुष्पाञ्जली हस्पिटल प्रालि चितवनबाट आयोको २५ जना डाक्टर सहिदको प्राविधिक टोलीले बिरामीको उपचार र सल्लाह सुझाव दिएको हस्पिटल का म्यानेजर सुरजराज अधिकारले बताए ।

 

Comments

About the author

चितवन पोष्ट