गृह » हृदयाघात : कारण र रोकथाम
विचार स्वास्थ्य

हृदयाघात : कारण र रोकथाम

 डा. हेमराज कोइराला 
hemraj.koirala@gmail.com

अप्रत्याशित रुपमा अपर्झट हुने, तत्काल आपतकालीन व्यवस्थापन हुन नसके ज्यानैसमेत जानसक्ने र बाँचिहाले पनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरी बाँच्न नसकिने वा जीवनभर परावलम्बी र पराश्रित भएर बाँच्नुपर्ने पनि हुनसक्ने, तर जोखिम र कारकहरुलाई निदान गरी हटाउन सके रोगलाई उल्ट्याउन पनि सकिने मुटर तथा रक्तनलीका रोगकै कारणले प्रत्येक वर्ष संसारभर १ करोड ७५ लाख मानिसहरु मारिन्छन् । मर्नेहरुमध्ये ७४ लाख मानिसहरु केवल हार्ट एट्याक (हृदयाघात) र ६७ लाख मानिसहरु ब्रेन एट्याक (मस्तिष्काघात)का कारणले मारिन्छन् । सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा, १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारीका रुपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरुको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सी र सघन उपचार कक्ष प्रवेशको मुख्य कारण पनि हो । यसरी धेरै मानिसहरु मरेर संसारको सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखाभित्रै अकस्मात् रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरु अक्सिजन र पोषण त¤वहरुको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो । यो रोग अकस्मात् घटित भएता पनि यसको पछाडि धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी साँघु¥याउने आर्थरोस्क्लेरोसिस भन्ने रोगको सिलसिला वर्षौंवर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर सयौँ कारणहरु जिम्मेवार छन् । यो धेरै कारणहरुले हुने भएको हुँदा यसलाई बहुकारण भएको रोग पनि भनिन्छ । १९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए, जसमध्ये ५४ वटा आनीबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा वंशानुगत हुन् भने, ५ वातावरण र ६ दबाई तथा औषधोपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरी २ समूहमा विभाजन गरिएको छ । ४५ वर्षपछिको उमेर, पुरूष लैंगिकता र हृदय रोगको पारिवारिक इतिहासजस्ता कारणहरु उल्ट्याउन नसकिने कारणहरु हुन् । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डी.एल कोलेस्टेरोल, उच्च नन् एच.डी.एल वा भी.एल.डी.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धूमपान, मद्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मीठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एन्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरुप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व, मदिरापान र मानसिक तनावजस्ता कारणहरु पर्दछन् । यसका अलावा विशेष रोगावस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् । यी जोखिमकारक त¤वहरुलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारीलाई ५० प्रतिशतले कम गरेका छन् भने फिनल्यान्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् । तर, रोगका कारकत¤वहरुसँग अनभिज्ञ दक्षिण एसियाका सहरी जनसमुदायले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।
उल्ट्याउन नसकिने कारणहरु :मुटुरोगका यस्ता कारणहरु पनि छन्, जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । तर, यस्ता कारणहरुको जोखिम भएका व्यक्तिहरुले बेलैमा सचेत हुनुपर्ने हुन्छ । रोगलाई धेरै बिगार गर्ने अवस्थासम्म पुग्न दिनुहुँदैन । ती कारणहरु हुन् ः
१) उमेर : सामान्यतया हृदयाघात हुने खतरा ४० वर्ष उमेर पार गरेकाहरुलाई हुन्छ । तर, आजकल २५ वर्ष उमेरमा हृदयाघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरुमा साँघु¥याउने समस्या स्वस्थ व्यक्तिमा पनि सुरू हुन्छ । यदि ४० वर्षभन्दा पारिको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक चा“डै हुन सक्छ ।
२) पुरूष लैंगिकता : हृदयाघातका ९० प्रतिशत घटना पुरूषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरूष हुनुलाई पनि हृदयाघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्ट्रोजन नामक सेक्स हारमोनले हृदयाघातबाट बचाउने वैज्ञानिकको दावी छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बाशयका अपरेसन गराएका गर्भनिरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरूषबराबर नै हृदयाघात हुने जोखिम रहन्छ । यसका अलावा महिलाहरुमा कम तनाव वा सहज व्यक्तित्व, कम सुर्ती सेवन तथा धूमपानजस्ता अन्य जोखिम कम हुने हुनाले हृदयाघात कम हुने मानिन्छ । तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरूषबराबर नै हृदयाघातको जोखिम रहन्छ ।
३) पारिवारिक इतिहास : हृदयाघात अनुवंशिक रोग पनि हो, जुन आमाबुबाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयाघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भए पनि उनीहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउँछ । फलतः हृदय रूग्ण भई हृदयाघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ । उल्ट्याउन सकिने कारणहरु :जीवनशैली परिवर्तन वा औषधि सेवन गरेर न्यूनीकरण गर्न वा हटाउन सकिने कारणहरुलाई उल्ट्याउन सकिने कारण भनिन्छ ।
१) उच्च रक्त संयुक्त कोलेस्टेरोल :कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो त¤वको उपयोग शरीरका कोषहरुको भित्ता, नसाहरुलाई ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोइड हरमोनहरु र मस्तिष्कका कोषहरु बनाउन गर्ने गर्छ । तसर्थ, यो शरीरलाई चाहिने त¤व हो । तर, यो त¤वको रक्त मात्र सामान्य (२००) भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, अाँखा, गोडाका धमनीहरुमा जम्न गई हृदयाघात, मस्तिष्काघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिसजस्ता समस्या गराउँदछ । माछा, मासु, अण्डा, दूध, दही, क्रीम, मख्खन, चीज, बटर, नौनीजस्ता प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन  । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनु पर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसँग जोडिएपछि यसलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिनयुक्त वा स्वतन्त्र कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्तनलीका भित्ताहरुमा टाँसिन पुग्छ । फलतः रक्तनलीका भित्तामा ‘प्लाक’ नामक चिल्लोको डल्लो बनाई हृदयाघात वा मस्तिष्काघात गराउँदछ
२) उच्च रक्त एलडिएल कोलेस्टेरोल :यसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटिनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडिएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडिएल उपापचयी फ्री रेडिकलहरुसँग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषाक्त त¤वमा परिवर्तित हुन पुगी रक्तनलीहरुमा सूक्ष्म घाउहरु बनाउँदछ । यो घाउ भएपश्चात् उक्त ठाउँमा प्रदाहत्मक क्रिया सुरू हुन्छ र घाउ भएको स्थानमा कोलेस्ट्रोल क्याल्सियम र मृत कोषहरुले बनेको ‘प्लाक’ नामक डल्लो बन्छ । यो डल्लोले नसा साँघु¥याएर उक्त अंगहरुको रक्तसञ्चारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडिएल भएमा यसले रक्तनलीलाई रिल्याक्स गराउने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई टाइट राखी रहन्छ ।
३) उच्च भिएलडिएल कोलेस्ट्रोल : यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्ने बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आएपछि यो एलडिएल बन्छ । बनेको एलडिएल प्रतिक्रियात्मक भएर नसाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्तनलीका रोग लगाउँदछ ।
४) उच्च रक्त ट्राइग्लिसिराइड : ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खाने तेल भनिन्छ । तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पतीय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरु हुन् । पाचनपश्चात् ट्राइग्लिसिराइड प्mयाटीे एसिड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी प्mयाटी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स प्mयाटी एसिडका रुपमा शरीरमा अवशोसित हुन्छन् । हृदय स्वास्थ्यका लागि पोली अनस्याचुरेटेड प्mयाटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स प्mयाटीे एसिड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (डाल्डा) र रिफाइन्ड घ्यू–तेल, स्याचुरेटेड प्mयाट हुन् । तेललाई धेरै तताउँदा वा अन्य त¤वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटी ट्रान्स–प्mयाटी–एसिड बन्दछ । स्याचुरेटेड र ट्रान्स प्mयाटी एसिडको सेवनले रगतमा एलडिएल कोलिस्ट्रोल र भिएलडिएल  कोलेस्ट्रोलको स्तर बढ्ने र एचडिएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।
५) निम्न रक्त एचडिएल कोलेस्ट्रोल : यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्री कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्दछ । यदि रगतमा एचडिएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलाई कलेजोमा ल्याएर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गई मुटु तथा रक्तनलीको रोगहरु लाग्दछ ।
६) उच्च टोटल कोलेस्ट्रोल र एचडिएल अनुपात : यो अनुपात मुटुरोगको मह¤वपूर्ण सूचनांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।
७) उच्च रक्तचाप : १५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ ।  यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दबाब हो । यसरी लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाब दिँदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेयर क्षतिग्रस्त हुन पुग्दछ । फलतः उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुतगतिमा हुन पुग्छ र हृदय रोग लाग्दछ ।
८)  मधुमेह : रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मि.ग्रा.प्रति १०० मिलिलिटर र खाना खाएको दुई घन्टापश्चात् १४० मि.ग्रा.प्रति १०० मिलिलिटरभन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हुँदा बढेको ग्लुकोजले ससाना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हु“दा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्दछ । यसो हु“दा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदय रोग लाग्दछ ।
९) मोटोपन : भोजनमै भएको वा शरीरमा आफैँ बनेको चिल्लो पदार्थ ऊर्जामा परिवर्तित हुन नसकी बोसे तन्तुमा जमेर बडीमास सूचांक, ३० केजी प्रतिवर्गमिटरभन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका व्यक्तिहरुलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ, जसलाई मुटुरोगको पनि कारक मानिन्छ । यसका साथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउँदछ, फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।
१०) निष्क्रिय जीवन : मुटुरोगले श्रम र व्यायाम नगरी निष्क्रिय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँदछ । निष्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।
११) धूमपान तथा सुर्ती सेवन : धूमपान नगर्नेभन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका विषहरुले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गरी झन् विषाक्त बनाउन मद्दत गर्दछ, जसले धमनीहरुलाई क्षतिग्रस्त पार्दछ । विषाक्त कोलेस्ट्रोल झन् चिपचिपे भई नसाहरुमा प्लाक बनाउन मद्दत गर्दछ । धूमपानले पु¥याउने क्षति व्यक्तिले लिएको चुरोटको संख्यासँग सीधै निर्भर रहन्छ, जसलाई ‘सिगरेट स्कोर’ भनिन्छ । जर्दा सुर्ती, पान मसाला, खैनी नश, गुल, बज्जर, हुक्का, कंकडजस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदय रोग कारक हुन् ।
१२. मानसिक तनाव : वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेस्ट्रोल, बोसो लग्ने क्रिया, खुन जम्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदय रोग लाग्छ ।
१३. चोकर र रेशाको कमी : रेशा र चोक्कर नभएको मसिनो–मीठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले विषाक्त त¤वहरुलाई अवशोषण गरी नसामा बोसो जम्न दिँदैन । मसिनो–मीठो खानाले तौल पनि चाँडै बढाउँछ, फलतः मुटुरोग लाग्दछ ।
१४. भिटामिन र एन्टी अक्सिडेन्टको कमी : भिटामिन, खनिज, एन्टी अक्सिडेन्ट र अन्य सूक्ष्म पोषक त¤वहरुले हृदय रोगबाट बचाउँछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सी र भिटामिन ई नसाको भित्री पत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज त¤वहरु पर्दछन् । यसका अलावा एन्टी अक्सिडेन्टको पनि उत्तिकै मह¤व छ । एन्टी अक्सिडेन्टले अक्सिडेन्टीव प्रतिक्रिया हुन नदिएर नसालाई क्षतिग्रस्त हुनबाट बचाउँदछ ।
१५. टायप “ए” व्यक्तित्व मुटुरोगले टायप “ए” व्यक्तित्व भएकाहरुलाई धेरै मन पराउँछ । टायप “ए” व्यक्तित्व भएका व्यक्तिहरु अधैर्यवान, सधैँ तनावमा रहने, ईख राख्ने, वैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृत्तिका हुन्छन् । यसका अलावा, यी व्यक्तिहरु सधैँ हतारमा रहने, समयको अक्षरशः पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, ईष्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता व्यक्तित्वले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।
१६. मदिरापान : मदिरापान र मुटुको स्वास्थ्यलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटुमैत्री माने पनि तथ्य यसको ठीकविपरीत छ  किनकि, रक्सीमा भएको एल्डिहाइडले बोसो लाग्न मद्दत गर्छ, जो मुटुमैत्री हैन  । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रामा रक्सी पिउनु व्यक्तिलाई हानिकारक नभए पनि रक्सी पिउनेले थोरै मात्र पिउँदैनन् । फेरि रक्सीले कलेजो, आन्द्राभुँडी तथा मस्तिष्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पु¥याउने हुँदा त्यसको भार पनि मुटुले व्यहोनुपर्छ, फलतः मुटु रूग्ण हुन्छ ।
(लेखक भरतपुर—१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

Comments

About the author

चितवन पोष्ट