गृह » विम्वयात्राको गजल प्रतियोगितामा प्रशुना पहिलो
साहित्य

विम्वयात्राको गजल प्रतियोगितामा प्रशुना पहिलो

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पसको साहित्यिक समूह सप्तगण्डकी बिम्वयात्राले सोमबार गरेको गजल प्रतियोगितामा बीए तेस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत प्रशुना पौडेल पहिलो भएकी छन् ।
कक्षा ११ देखि स्नातक तहसम्मका झण्डै ३३ जना विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा अञ्जन देवकोटा दोस्रो र दीनेश गुरुङ तेस्रो भएका थिए । विजेताहरुलाई प्रमाणपत्र र पुस्तकहरु वितरण गरिएको थियो । अग्रज साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहेको कार्यक्रममा साहित्यकारहरु सरला जोशी र रमेश प्रभात निर्णायक रहेका थिए ।
कार्यक्रममा विम्वयात्रामा प्रमुख संरक्षक तथा परिकल्पनाकार कवि भूपिन, सहायक क्याम्पस प्रमुखहरु टीकाराम देवकोटा र कृष्णप्रसाद घिमिरे उपस्थित रहेका थिए । त्यस्तै सप्तगण्डकी बहुमुखी क्याम्पसका विभिन्न विभागका प्राध्यापकहरु, विद्यार्थी नेताहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
सप्तगण्डकी विम्वयात्राका सचिव आकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि विनोदीले विम्वयात्रा पाँचांै वर्षमा पुगेको अवसरमा सबैलाई शुभकामना दिएका थिए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा रचना प्रस्फुटन गर्ने अवसर मिल्ने उनले बताए ।
(चन्द्रप्रकाश उपाध्याय, प्रशिक्षार्थी पत्रकार)

 

Comments

About the author

चितवन पोष्ट