गृह » रत्ननगरमा जुत्ता बनाउने तालिम सुरू
समाचार समाज

रत्ननगरमा जुत्ता बनाउने तालिम सुरू

रत्नतगर । रत्ननगरका महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन दिने जुत्ता बनाउने तालिम रत्ननगरमा सोमबारदेखि सुरू भएको छ ।
रत्ननगर–१ मा रहेको नवदुर्गा आमा समूहले आयोजना गरेको सो तालिममा ५३ जना महिलाहरुको सहभागिता रहेको छ । नवदुर्गा आमा समूहकी अध्यक्ष एञ्जिला कुँवरले आफ्नो जन्मदिनको अवसरमा आफ्नै खर्चमा महिलाहरुलाई तालिम आयोजना गरेकी हुन् । महिलाहरुलाई नारी शक्ति समूह काठमाडौंकी अध्यक्ष माला प्रधानसहित ७ जनाले तीन दिनसम्म जुत्ता बनाउन सिकाउने आमा समूहकी सचिव संगिता खनालले जानकारी दिइन् ।
नवदुर्गा आमा समूहकी अध्यक्ष कुँवरको अध्यक्षतामा भएको सो तालिम उद्घाटन कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष शंकरसिं तामाङ, नारी शक्ति समूह काठमाडौंकी अध्यक्ष माला प्रधान, आमा समूहकी सचिव संगिता खनाल, सहचिव सन्तोषी राई चौधरीलगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट