गृह » हर्दी युवा समाजलाई जर्सी सहयोग
अर्थ खेलकुद समाचार समाज

हर्दी युवा समाजलाई जर्सी सहयोग

वीरेन्द्रनगर । चितवन च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हर्दी युवा समाजलाई राप्ती नगरपालिका–५ स्थित कालिका अटो प्वाइन्टले जर्सी सहयोग गरेको छ ।
सोमबार समाजको आफ्नै भवनमा एक कार्यक्रमकाबीच अटो प्वाइन्टका सञ्चालक गोपी अधिकारीले समाजका अध्यक्ष शम्भु सुनारलाई जर्सी हस्तान्तरण गरे । कार्यक्रममा करिब २२ हजार बराबरको २१ सेट जर्सी समाजलाई प्रदान गरिएको थियो । जर्सी हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष शम्भु सुनारले कालिका अटो प्वाइन्टले गरेको सहयोगले आफूहरुलाई हौसला मिलेको बताए ।
चितवन च्याम्पियनसिपको मंगलबार हुने उद्घाटन खेलमा हर्दी
युवा समाज र माडी स्थित वसन्तपुर युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि चितवनमा भएका विभिन्न प्रतियोगितामध्ये ४ वटा प्रतियोगितामा हर्दी युव समाज विजेता भइसकेको छ । समाजलेनै उत्पादन गरेका स्थानीय खेलाडीहरुले
प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । विसं. २०६९ सालमा स्थापना भएको सो समाजलाई फुटबलका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका छन्नुराम चौधरीले प्रशिक्षण दिँदै आएका छन् ।

Comments

About the author

चितवन पोष्ट