गृह » नारायणगढमा विन्टर स्पेशल कन्सर्ट हुँदै
कला

नारायणगढमा विन्टर स्पेशल कन्सर्ट हुँदै

भरतपुर । नारायणगढमा भोलि सोमबार युवा लक्षित ‘विन्टर स्पेशल लाइभ कन्सर्ट’ हुने भएको छ ।
कन्सर्टमा राष्ट्रियस्तरको कबवेभ व्याण्डको विशेष प्रस्तुति रहने छ । सांगीतिक महोल तताँउन द स्याण्टो व्याण्ड, ग्रन्थ, स्तब्ध व्याण्ड, डिजे डिमास, डिजे पाण्डालगायतको समूहले पनि रक गीत प्रस्तुत गर्नेछन् । नारायणगढ स्थित द टाउन सेण्टरमा हुने लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । डेनोभो द क्लोथिङ स्टोरको आयोजनामा हुन लागेको कन्सर्टलाई इसिएनले कार्यक्रमको व्यवस्थापन गर्नेछ । प्रवेशका लागि ३०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । कार्यक्रमस्थल परिसरमा दिउँसो ३ बजेभित्र प्रवेश गरिसक्नुपर्ने जनाइएको छ । आयोजक संस्था डेनोभोका विदुर पौडेलले एक हजार बढी कन्सर्टमा रमाउने बताए । नेपाली संगीतको जगेर्ना गर्दै नेपाली कलाकारलाई प्रोत्साहन दिन कार्यक्रम गर्न लागिएको बताए ।

Comments

About the author

चितवन पोष्ट