गृह » ‘एमाले र माओवादी नक्कली वामपन्थी
राजनीति

‘एमाले र माओवादी नक्कली वामपन्थी

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्यप्रेम सुवेदीले एमाले र माओवादी केन्द्र नक्कली वामपन्थी रहेको बताएका छन् ।बिहीबार क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ नवलपरासीको  कार्यकर्ताप्रशिक्षणमा बोल्दै नेता सुवेदीले जनताले सक्कली वामपन्थी भएको भ्रममा परेर एमाले र माओवादी केन्द्रलाई मतदान गरेको दाबी गरे ।  क्रान्तिकारी माओवादीको ५ नम्बर प्रदेश सचिवसमेत रहेका नेता सुवेदीले एमाले र माओवादी केन्द्र वामपन्थी भए  उनीहरुले अब बन्ने सरकारको पहिलो बैठकबाट भारत र अन्य छिमेकीहरुसँग गरिएका असमान सन्धि खारेज गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी ) नवलपरासीका सेक्रेटरी संकल्पको अध्यक्षतामा भएको थियो ।  बैठकले माघ फागुन र चैत्र गरी तीन महिने संगठन विस्तार तथा जनपरिचालन अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट