गृह » बलराम स्मृति वाङ्मय पुरस्कार डा पौडेललाई
साहित्य

बलराम स्मृति वाङ्मय पुरस्कार डा पौडेललाई

भरतपुर । बलराम वाङ्मय प्रतिष्ठान चितवनले एक विशेष समारोहको आयोजना गरेर डा शिवप्रसाद पौडेललाई सम्मान एवम् पुरस्कृत गरेको छ ।
प्रतिष्ठानका संस्थापक एवम् संरक्षक सहप्राध्यापक पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा डा राजाराम सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा डा पौडेललाई नगद ११ हजार रूपैयाँ सहित पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । आफ्ना स्वर्गीय पिता बलराम अधिकारीको स्मृतिमा स्थापित सो पुरस्कार विसं २०६८ बाट प्रदान गर्न थालिएको हो ।
कार्यक्रममा प्रा कपिल अज्ञात, डीआर पोखरेल, ईन्द्र रेग्मी, द्वारिका नेपाल, डा केशव चालिसे, प्रा डा नारायणप्रसाद खनाललगायतले समीक्षा तथा शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
सम्मानित व्यक्तित्व डा पौडेल वनारस विश्वविद्यालय वाराणसी, भारतका अतिथि प्राध्यापक हुन् । लोक साहित्यको अनुसन्धानमा सक्रिय डा पौडेलले नेपाली भाषाका उखान, टुक्का तथा गाउँ खाने कथाको सङ्कलन गरेर दश वटा कृति प्रकाशन गरेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट