गृह » ब्लड बुकको विमोचन
समाचार समाज

ब्लड बुकको विमोचन

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारण सभाको अवसरमा ब्लड ग्रुप चितवनले ‘ब्लड बुक चितवन’ नामक पुस्तक विमोचन गरेको छ ।
प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले संयुक्तरूपमा उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा भरतपुर महानगरपालिकाभित्र रहेका व्यवसायीहरूको नाम र रक्त समूहसहितकोे विवरण उल्लेख रहेको ब्लड ग्रुप चितवनका अध्यक्ष कमल गौतमले जानकारी दिए । चितवनमा रक्त अभाव हुन नदिनको लागि आवश्यक परेको खण्डमा रगत उपलब्ध गराउनको लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेका अध्यक्ष गौतमले बताए ।

 

Comments

About the author

चितवन पोष्ट