गृह » श्री डिस्टिलरीमा गोही भेटियो 
समाचार समाज

श्री डिस्टिलरीमा गोही भेटियो 

नवलपुर । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा गोही फेला परेको छ ।
अरुणखोलाको श्री डिस्ट्रीलरी भित्र रहेको गोही गाउँलेले देखेर स्थानीय बासिन्दा, सेक्टर वन कार्यालय अरुणखोला, सशस्त्र प्रहरी बल चोरमारा, प्रहरी चौकी अरुणखोला र निकुञ्ज सुरक्षाका लागि खटेको नेपाली सेनाको टोलीले उद्दार गरी नारायणी नदीमा छाडिएको छ ।
उक्त गोहीलाई मध्यविन्दु नगरपालिका–१५ मा पर्ने नारायणी नदीमा छाडिएको अरुणखोला प्रहरी चौकीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट