गृह » नेपालमा डरलाग्दो भ्रष्टाचार मौलाउँदै : परी थापा
राजनीति

नेपालमा डरलाग्दो भ्रष्टाचार मौलाउँदै : परी थापा

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परी थापाले नेपालमा अहिले नयाँ तरिकाबाट डरलाग्दो गरी भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको आयोजनामा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेता परी थापाले नेपालमा कथित कम्युनिस्टहरुको सरकार बन्दै गर्दा संगठितरुपमा भ्रष्टाचार मौलाउँदै गएको बताए । पछिल्लो समयमा कम्युनिस्टहरुले पालैपालो सरकारमा सहभागी भई रहँदा भ्रष्टाचारको मात्रा घट्नुको साटो झन संगठितरुपमा डर लाग्दो तरिकाले भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । अहिले राजनीतिक शक्तिको आडमा राजनीतिक क्षेत्रबाट लिएर नोकरीतन्त्रसम्म संगठित रुपमा भ्रष्टाचार मौलाउँदै गएको छ ।
भ्रष्टाचारको तातो उदाहरणका रुपमा पछिल्ला समयमा भएका निर्वाचनहरुमा राजनीतिक पार्टीहरुले निर्वाचनको खर्च आफै तोकने र आफै त्यो मापदण्डलाई लत्ताउँदै पैसाको खोलो बगाउने जुन प्रतिस्प्रर्धा चलाए यो संगठित भ्रष्टाचारको उदाहरण भएको बताए ।
नेपालमा भएको पछिल्लो निर्वाचन प्रक्रिया नै उल्टो भएको निर्वाचन व्यवस्थित पार्नका लागि पहिला प्रतिनिधिसभाको निर्वाचन प्रदेशसभाको र अन्तमा स्थानीय तहको निर्वाचन गर्नु पर्नेमा देशका तीन ठूला राजनीतिक पार्टीहरुले निर्वाचनको गलत गरिका प्रयोग गरेको आरोप लगाए ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष धनश्याम पोखरेलको अध्यक्षतामा बर्दघाटको सामुदायिक वनको कार्यलयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले एमाले र माओवादी केन्द्रको गठबन्धनले आगामी समयमा निजीकरणलाई प्राथमिकता दिनछन् कि सरकारीकरणमा भन्ने कुराको क्रान्तिकारी माओवादीले हारे पछि मात्र बाम गठबन्धनलाई समर्थन वा विरोधको धारणा बनाउने बताए ।

Comments

About the author

चितवन पोष्ट