गृह » कैकेयी महाकाव्यमाथि विमर्श
साहित्य

कैकेयी महाकाव्यमाथि विमर्श

नवलपुर । नवलपरासीको कावासोतीमा शनिबार कैकेयी महाकाव्य विमर्श तथा रचना वाचन कार्यक्रम भएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नवलपरासी शाखाका अध्यक्ष डा धनपति कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा डा नारायणप्रसाद खनाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा कैकेयी महाकाव्यका रचनाकार कवि गोविन्दराज विनोदी, कवि दीपक सोती, कवयित्री कृण्णादेवि शर्मा श्रेष्ठ, कवि सदानन्द अभागी, मध्यबिन्दु क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, साहित्यकार भूपेन्द्रशर्मा भट्टराईलगायतका साहित्यकारहरूले विनोदीको पुस्तक कैकेयीको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा हिमलाल चापागाई, दीपक भट्टराई, ईश्वर बा खनाल, लीला ढुंगाना, सदानन्द अभागी, कृण्णादेवी शर्मा श्रेष्ठ, लोकनाथ खराल र धनपति कोइरालाले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन अर्जुन अविरलको सञ्चालनमा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट