गृह » साताको साहित्य पुरस्कार सिन्धुलीयलाई
साहित्य

साताको साहित्य पुरस्कार सिन्धुलीयलाई

भरतपुर । साताको साहित्य पुरस्कार–२०१७ सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ ।
साताको साहित्य डट कम नेपालले वर्षभरी प्रकाशित साहित्यिक रचनामध्ये उत्कृष्ट रचनालाई प्रदान गरिने उक्त पुरस्कार वर्ष २०१७ को लागि कवि सिन्धुलीयको ‘एउटा प्रश्नपत्र ’ कवितालाई नगद २० हजÞार रूपैयाँसहित प्रदान गरिएको हो । चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा वरिष्ठ कवि दिनेश अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले कविताको तागत र समाजमा यसको प्रभावबारे अभिव्यक्ति दिएका थिए । साताको साहित्य डट कमका नेपाल च्यापटरका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार प्रेमविनोद नन्दन, एलबी क्षेत्री, धनराज गिरी, बालकृष्ण थपलिया, गणेश श्रमण, बाबु त्रिपाठीलगायतले मन्तव्य राखेका थिए । । यसैगरी शनिबार चिसापमा आयोजित अर्को कार्यक्रममा उपन्यासकार विवेक ओझाको औपन्यासिक कृति ऐलानीबारे परिचर्चा गरिएको छ ।
चिसापका सचिव बालकृष्ण थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रम समीक्षकहरू द्वारिका नेपाल, बाबु त्रिपाठी, लक्ष्मी बरालले उपन्यासका विविध आयामबारे औल्याएका थिए । यसैगरी साहित्यकारहरू प्रेमविनोद नन्दन, एलबी क्षेत्री, धनराज गिरी, प्रोल्लास सिन्धुलीय, शान्ति शर्मालगायतले उपन्यासले पाठकमा परेको प्रभावबारे छलफल गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट