गृह » कमल र सिम्पलको जोडीले झुमाए दर्शक
समाचार समाज

कमल र सिम्पलको जोडीले झुमाए दर्शक

खैरहनी । थारु समुदायहरुको चाड माघी (खिचरा)को अवसरमा चितवनमा शुक्रबानरदेखि सुरू भएको पाँचौं खिचरा महोत्सवमा शनिबार दर्शकहरु सांगीतिक माहोलमा झुमेका छन् ।
युवा पुस्ताका चर्चित गायक कमल खत्री र गायिका तथा मोडेल सिम्पल खरेलले महोत्सवमा उपस्थित दर्शकहरुलाई झुमाएका थिए । कमललाई सिम्पलले ‘कसम…’ लगायतका बोलको गीतमा साथ दिए । यस्तै गायक कमलले जाउँला रेलमै…, आत्मा…, सुस्तरीलगायत बोलका झण्डै एक दर्जन गीत गाएका थिए । उनको गीतमा दर्शकहरुले उफ्रिदै वान्समोर भनेपछि गायक कमलले लगातार गीत प्रस्तुत गर्दै दर्शकको प्यास मेटेका थिए ।
गायिका सिम्पल खरेलले रिमिक्स गीतमा आकर्षक नृत्यसमेत देखाइन् । यसअघि महोत्सवमा लोक गायक मिलन लामाले हङकङ आईडीले, थारु गीत छनियामा लौकालगायत बोलका गीत प्रस्तुत गरे । सांस्कृतिक कार्यक्रम अन्तर्गत रत्ननगर कलामन्दिरलगायत कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।
आज शनिबार भएकाले अरु दिनको तुलनामा महोत्सवमा दर्शकको भीड लागेको थियो ।
महोत्सवको तेस्रो दिन आइतबार थारु गायक अमितसिंह चौधरी, नेपाल आईडलकी एलिना सापकोटा, बलराम जादुगर, हास्यकलाकार भविष्य तिवारी, गायक विज्ञान न्यौपाने, मोटो पत्लु कमिडीलगायत स्थानीय कलाकाहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहेको सांस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट