गृह » सहकारीलाई उपेक्षा गरेको गुनासो
समाचार समाज

सहकारीलाई उपेक्षा गरेको गुनासो

कावासोती । स्थानीय सरकारको गठनपछि ठूलो अपेक्षा राखेको सहकारी क्षेत्रलाई स्थानीय तहका जनप्रतिनिधिहरुले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरुले औँल्याएका छन् ।
सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीको शुक्रबार परासीमा सम्पन्न ३६ औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । स्थानीय सरकार गठनपछि अधिकांश स्थानमा जनप्रतिनिधिबाट सहकारी क्षेत्रलाई सहयोग नभएको उनीहरुको दाबी थियो । जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले सहकारीको योगदानलाई स्थानीय तहले बुझ्न नसकेको बताए ।
उनले किसानलाई माग अनुसारको मल उपलब्ध गराउन विगतमा सहकारी संघले खेलेको भूमिका उदाहरणीय भएको भन्दै उनले सहकारीको माध्यमबाट समयमै सरल र सुलभ मुल्यमा मलबीउ पाउने व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सञ्चालक सदस्य तथा नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कूनका केन्द्रीय महासचिव चन्द्र ढकालले उत्पादनशील र स्वरोजगार सिर्जना हुने क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । त्यस्तै साना किसान कृर्षि सहकारी संस्था लिमिटेड बर्दघाटले कृषकहरुलाई एक दिने टमाटर तथा तरकारी खेती तालिम प्रदान गरेको छ । तालिम सहकारीका अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा भएको थियो । तालिममा सानाकिसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट