गृह » विद्यार्थीलाई न्यानो कपडा
समाचार समाज

विद्यार्थीलाई न्यानो कपडा

रत्ननगर ।  रत्ननगर नगरपालिका–१२ मा रहेको पञ्चदीप आधारभूत विद्यालय शालघारीमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई जाडोमा लगाउने ज्याकेट सहयोग गरेको छ । भरतपुर–२९ कविलास, जुगेडीमा रहेको नारायणी सामुदायिक संस्थाले १०० जना विद्यार्थीहरुलाई एक एक थान ज्याकेट वितरण गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले विद्यार्थीहरुलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
वडा नं.१० का वडा अध्यक्ष तथा रत्ननगर नगरपालिका शिक्षा विभाग प्रमुख केशव आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं.१२ का वडा अध्यक्ष वीरबहादुर पाख्रिन, पत्रकार रवि रोषी, श्याम बोहोरा, चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मालगायतले मन्तव्य राखेका थिए । विद्यालयका अध्यक्ष जीतबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्टले विद्यालयको आर्थिक अवस्था दयनीय रहेको भन्दै जाडोमा विद्यार्थीहरुलाई गरिएको ज्याकेट सहयोगले ठूलो राहत मिलेको बताइन् ।

Comments

About the author

चितवन पोष्ट