गृह » चितवनमा फाइबरबाट इन्टरनेट सञ्चालन
समाचार समाज

चितवनमा फाइबरबाट इन्टरनेट सञ्चालन

भरतपुर । विगतदेखि पुरानै शैलीमा चलिरहेको इन्टरनेट सेवालाई विस्थापित गरि बल्र्डलिंक कम्युनिकेशन प्रालिले अप्टिकल फाइबर सेवा सञ्चालनमा ल्याएको छ ।
नयाँ प्रविधिको उच्चतम प्रयोगका लागि एफटीटीएच अर्थात् फाइबर टु द होम सेवा थप गरी रत्ननगरमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । एफटीटीएच भनेको उच्च गतिको इन्टरनेट सेवा हो । यो अप्टिकल फाइबर केबलको माध्यमबाट उच्चगतिको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भिडियो फाइलहरु सजिलैसँग अपलोड अथवा डाउनलोड गर्न सकिन्छ, आवश्यकता अनुसारको गतिमा यो सेवा प्रयोग गर्न सकिने वल्र्डलिंकले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट