गृह » टेम्पु तथा म्याजिक मजदुर इकाइ कमिटीमा मानन्धर
समाचार समाज

टेम्पु तथा म्याजिक मजदुर इकाइ कमिटीमा मानन्धर

भरतपुर । अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति चितवनको शुक्रबार भएको भेलाले दिनेश मानन्धरको अध्यक्षतामा नौ सदस्यीय टेम्पु तथा म्याजिक मजदुर इकाइ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर दुरा, सचिवमा रुद्र विक, सहसचिवमा पूर्णकान्त बसौला र कोषाध्यक्षमा राजु थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा भेषराज महतो, कमलबहादुर जमरकट्टेल, सन्तोष गुरूङ र रामकुमार तामाङ रहेका छन् ।

 

 

 

Comments

About the author

चितवन पोष्ट