गृह » अज्ञात भविष्य
साहित्य

अज्ञात भविष्य

— हरिनारायण सापकोटा

चारैतिर डम्म
कुहिरो लागिरहेको थियो
बजारमा कतै कार
कतै बस त कतै ट्रक
आकाशमा कतै
जहाज त कतै हेलिकप्टर
दौडँदै थिए, उड्दै थिए
उता फेरि
पृथ्वीका धरातलहरुमा
सामुद्रिक जहाजहरु
अआफ्ना गन्तव्यतर्फ
जाँदै थिए
यसैबीचमा
व्यस्त बजारमा
जिङ्रिङ्ग परेको कपाल
एकसरो पातलो शरीर
ढाकिने खालको मात्र
त्यो पनि
मैलो दस ठाउँमा च्यातिएको
त्यस्तै फाटेको बोरा लिई
त्यो फाटेको बोरामा पनि
भेटिएका चीज
हीरामोती झैँ टिप्दै हिँडेको
गाउँसहर, बजारमा
जताततै देखिन्थे
माछापुच्छ्रे हिमालमा
हिउँ फसफस परिरहेको थियो
उता संस्कृत
गुरूकुलहरुमा पढाइ भइरहेको थियो
उता अंग्रेजी
क्याम्पसहरुमा पढाइ भइरहेको थियो
यत्तिकैमा हीरामोती झैँ टिप्दै
त्यो क्याम्पसको अगाडि पुग्यो
एउटा विद्यार्थीले उसलाई सोध्यो—
ए बाबु, तिम्रो बुबाको नाम के हो ?
हा…..बु…..बा…..
आमाको नाम के हो नि ?
हा…..आ…..मा…..।

Comments

About the author

चितवन पोष्ट