गृह » गुरू
साहित्य

गुरू

— हवन ढकाल

गुरू नै हो भगवान् मेरो
गुरूकै बन्दछु सारथि
गुरूकै गर्दछु पूजा अब म
गुरूकै गाउँछु आरती

नयाँ कुरा सिक्दछु गुरूसँगै
डुल्ने गर्दछ मेरो छाया उहाँकै साथमा
गुरूले नयाँ पाठ पढाउँछन् मलाई
भविष्य मेरो उहाँकै हातमा

जे जान्या छु मैले सबै
गुरूले मलाई सिकाएको
जुन पदमा छु आज म
गुरूले बाटो देखाएको

नजानेको सिकाए गुरूले नै
गरी एक… एउटा
गुरूको गर्दछु पूजा भने
गुरूलाई नै मान्दछु देवता

 

गुरू नै हो भगवान् मेरो
गुरूकै बस्दछु सारथि
गुरूकै गर्दछु पूजा अब म
गुरूकै गाउँछु आरती

 

Comments

About the author

चितवन पोष्ट