गृह » ३८ वर्षपछिको सम्मान
समाचार समाज

३८ वर्षपछिको सम्मान

जाँदाजाँदैको अवस्थामा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजो शुक्रबार यौटा अत्यन्त मह¤वपूर्ण निर्णय गरेर आफ्नो कार्यकालको पाप पखाल्ने काम गरेको छ । धनकुटाको छिन्ताङमा २०३६ साल, कात्तिक २७ गते पञ्चायतकालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा नेकपा मालेको सांस्कृतिक टोलीका १६ जना कलाकारको निर्ममतापूर्वक सामूहिक हत्या गरिएको थियो । ३८ वर्षपछि ती सबै कलाकारहरुलाई सरकारले सहिद घोषणा गरेर उनीहरुप्रति सम्मान गरेकोमा धेरै नेपालीले खुसी व्यक्त गरेका छन् । राज्यपक्षबाट तत्कालीन अवस्थामा गरिएको यो क्रूर र भत्र्सनायोग्य कदमको निकै आलोचना भएको थियो । पञ्चायतलाई मसानघाटमा पु¥याउन यो नरसंहारले अप्रत्यक्ष रुपबाट मह¤वपूर्ण योगदान पु¥याएको विश्वास गरिन्छ ।
– अर्यालय

Comments

About the author

चितवन पोष्ट