गृह » पाँचौ खिचरा महोत्सव आजदेखि
समाचार समाज

पाँचौ खिचरा महोत्सव आजदेखि

रत्ननगर । पूर्वी चितवनको खैरहनीमा आज शुक्रबारदेखि पाँचौं खिचरा महोत्सव सुरु हँुदैछ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गरेको सो महोत्सवको उद्घाटन भूमिसुधार मन्त्री गोपाल दहितले गर्ने छन् । महोत्सव उद्घाटन पूर्व बिहान पर्सा बजारबाट शोभायात्रा निकालिने छ । थारु समुदायको सांस्कृतिक मह¤व उजागर गर्ने उद्देश्यले हरेक वर्ष खैरहनीमा खिचरा महोत्सव आयोजना गरिँदै आएको छ । खैरहनी नगरपालिका–५ जबकौली स्थित गौचरनमा हुने सो महोत्सवको प्रमुख आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिंचर रहने महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए ।
प्रमुख अकर्षणको रुपमा महोत्सवस्थलमा घोँगी र चिंचरको मूर्ती बनाइएको छ । महोत्सवमा थारू संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा २०० वटा स्टल रहने छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रूपैयाँ तथा विद्यार्थीका लागि २५ रुपैयाँ शुल्क लाग्ने प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए । वृद्धावृद्धा र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र ई–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमा थारु समुदायको संस्कृति संरक्षण तथा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिलाई सम्मान गरिने महोत्सवका संयोजक महतोले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट