गृह » पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो
समाचार समाज

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो

भरतपुर । पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती चितवनमा पनि मनाइएको छ । पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान चितवन भरतपुरले पृथ्वीजयन्ती समारोह मनाएको हो ।
प्रतिष्ठानले चौबिसकोठी भरतपुरबाट ¥याली निकालेको थियो । ¥याली भरतपुरको बजार क्षेत्र परिक्रमा हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा पुगेर समापन भएको थियो । विभिन्न व्यानरसहित निस्केको ¥यालीका सहभागीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भुल्न नहुने बताए ।
¥यालीपछि भएको कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ अधिवक्ता तथा राष्ट्रियताको अभियन्ता विष्णु भट्टराई रहेका थिए । उनले पृथ्वीजयन्तीमा सरकारले दिएको सार्वजनिक बिदाको प्रशंसा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपसंयोजक सिन्धु पन्तले पृथ्वीनारायण शाह राष्ट्रका निर्माता भएकाले उनको योगदान कुनै सञ्चा नेपालीले भुल्न नसक्ने बताए । उनले भने, ‘छिन्नभिन्न राष्ट्रलाई एकीकरण गरेर सिङ्गो नेपाल बनाउने राष्ट्र निर्मातालाई हामी बिर्सदैनौँ । कुनै नेपालीले पृथ्वीनारायण शाहलाई भुल्न सक्दैनन् ।’ उनले पृथ्वीनारायण शाहको स्मृति मनाएर सञ्चा नेपालीको परिचय दिन आवश्यक भएको बताए ।
कार्यक्रममा जनमोर्चाका अध्यक्ष डम्बर पुरीले छिन्नभिन्न अवस्थामा रहेको नेपाललाई विशाल नेपाल बनाउने दिनलाई हामीले सम्झन पर्ने बताए । उनी राजनीतिक दल जनमोर्चाको प्रतिनिधि भएर कार्यक्रममा सहभागी भएका थिए । उनले भने, ‘राप्रपा र राप्रपा प्रजातान्त्रिकबाहेक अन्य दलबाट कार्यक्रममा सहभागी छैनन्, आजको दिन राष्ट्रनिर्मातालाई सम्झने दिन हो ।’ कार्यक्रमको विशिष्ट अतिथिमा सांसद रीना गुरुङ र प्रदिपविक्रम राणा रहेका थिए । उनीहरुले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष जीवलाल पुरी, प्रतिष्ठानका संरक्षक मोहनविक्रम शाह, समाजसेवी उमाकान्त गिरी, पवित्रा जोशीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम प्रतिष्ठानका संरक्षक मोहनविक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट