गृह » विद्यार्थीलाई पुरस्कार वितरण
समाचार समाज

विद्यार्थीलाई पुरस्कार वितरण

भण्डारा । राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार राप्ती नगरपालिका–५ भण्डारामा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
साबिकको भण्डारा गाविस भरीका सम्पूर्ण विद्यालयका उत्कृष्ट कक्षा १ देखि १० सम्मका प्रथम भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो । भण्डारा बजारका सहयोगीहरु मौलाकालिका प्लाष्टिक तथा भाडा पसलका प्रोपाइटर शिवराज उप्रेती र प्रनिष कस्मेटिक पसलका प्रोपाइटर दिनेश कालाखेतीको सहयोगमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित साबिकको भण्डारा गाविसका सम्पूर्ण विद्यालयका कक्षा १ देखि १० सम्मका प्रथम भएका १०० जना बढी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा राप्ती नगरपालिकाका नगर शिक्षा प्रमुख हुमाकान्त अधिकारी, स्थानीय समाजसेवीहरु ध्रुवराज सिलवाल, भवानी पाठक, प्रकाश कँडेल, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बुद्ध शान्ति उच्च माविका क्याम्पस प्रमुख गिरीराज डल्लाकोटीले स्वागत मन्तव्य राखेका थिए भने रेडक्रस भण्डाराका सभापति महेश्वर थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम भण्डाराका स्थानीय समाजसेवी आनन्द रुवालीको अध्यक्षतामा भएको थियो ।
आधुनिक नेपालको एकीकरणकर्ताका रुपमा रहेका पृथ्वीनाराणयण शाहको सम्झनामा पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा समेत मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ मा पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकोले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।

Comments

About the author

चितवन पोष्ट