गृह » चितवनमा रकेट निर्माणबारे कार्यशाला
समाचार समाज

चितवनमा रकेट निर्माणबारे कार्यशाला

भरतपुर । चेन्ज नेप्लिज मिसन संस्थाको आयोजना र युनाइटेड टेक्निकल कलेज भरतपुर–११ को सहयोगमा दुई दिने रोबर्ट तथा भूउपग्रह निर्माणबारे प्रयोगात्मक कार्यशाला बिहीबार सम्पन्न भएको छ ।
कार्यशालामा भारतको एसडी एण्ड एवन्स संस्थाबाट आएका विज्ञहरु गोविन्द यादव, अरविन्द यादव र शिवम् सिङले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा युनाइटेड टेक्निकल कलेजमा इञ्जिनियरिङ विषय अध्ययनरत ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीलाई भू–उपग्रह र रकेट कसरी बनाउने भन्ने बारेमा प्रयोगात्मक जानकारी दिइएको थियो । चेन्ज नेप्लिज मिसन संस्थाका अध्यक्ष प्रदिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–११ का वडा अध्यक्ष बाबुराम अधिकारी, यूटेक कलेजका एकेडेमिक विभाग प्रमुख प्राध्यापक डा केशवदत्त अवस्ती विशेष अतिथि रहेका थिए ।

Comments

About the author

चितवन पोष्ट