गृह » अष्ट्रेलियन एड्मिसन डे आयोजना हुने
समाचार समाज

अष्ट्रेलियन एड्मिसन डे आयोजना हुने

भरतपुर । एईसीसी कसन्सल्टेन्सीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको वर्षमा कम्तीमा दुई पटक आयोजना गर्दै आइरहेको छ ।
गत वर्ष संस्थाद्वारा आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९०० बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । यस पटक संस्थाले अष्ट्रेलियन एड्मिसन डे जनवरी १६, १८ र १९मा आयोजना गर्ने तयारी गरेको छ ।
अष्ट्रेलियन डेको आयोजना काठमाडौं (होटल याक एण्ड यती), चितवन (भरतपूर गार्डेन रिसोर्ट) र पोखरा (होटल पोखरा ग्राण्डे)मा बिहान १० देखि बेलुकी ५ बजेसम्म आयोजना हुने जानकारी दिइएको छ । उक्त समारोह मध्ये काठमाडौंमा आयोजना हुने अष्टे«लियन डेमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा भने ११ कोर्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्तिमार्फत दिइएको छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस वर्षको काठमाडौंमा आयोजना हुने संस्करणमा एक हजार तथा चितवन र पोखरामा ३५० बढी विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले गर्ने जानकारी दिइएको छ ।
‘हामीले विद्यार्थी तथा तीनका अभिभावकले प्रत्यक्ष अष्टे«लियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्युमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ वर्षको दूई पटक आयोजना गर्दै आइरहेको छौँ । विद्यार्थीहरुले विश्वविद्यालयसम्म पुग्न नसक्ने अवस्थामा हामी विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने हर सम्भव प्रयास गर्छौँ ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेशकुमार झाले भने । सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यूजिल्याण्ड, क्यानडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्छ ।

 

Comments

About the author

चितवन पोष्ट