गृह » उवासंघ चितवनमा निर्वाचन प्रक्रिया सुरू २५ सदस्यका लागि ४७ जनाको उम्मेदवारी
प्रमुख समाचार

उवासंघ चितवनमा निर्वाचन प्रक्रिया सुरू २५ सदस्यका लागि ४७ जनाको उम्मेदवारी

दिपेन्द्र अधिकारी
नारायणगढ । पुस २९ र ३० गते उद्योग वाणिज्य संघ चितवनको ५१ औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशन हुँदैछ । अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने तीन जना सदस्य मनोनितमा पर्नेछन् ।
नयाँ नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान अध्यक्ष पदका लागि बुधबार आफ्नो मनोनयन दर्ता गराएका छन् ।
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु कँडेल र प्रधान प्यानलबाट चुननारायण श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै तीन उपाध्यक्षमा उद्योगतर्फ श्रेष्ठ प्यानलबाट नविन कँडेल र प्रधान प्यानलबाट सुमन श्रेष्ठको उम्मेदवारी परेको छ । वस्तुगततर्फ राजेन्द्र कँडेल श्रेष्ठ प्यानलबाट र चिरञ्जीवी सुवेदीले प्रधान प्यानलबाट उम्मेदवारी दिएका छन् । श्रेष्ठ प्यानलबाट वाणिज्यतर्फ विपेन्द्र रामुदामु (विपिन) र प्रधान प्यानलबाट भोजराज कौडालको उम्मेदवारी परेको छ ।
उद्योगतर्फ सदस्य
सदस्यमा उद्योगतर्फ दिनेशकुमार राठी, सूर्यमणि पौडेल, दुर्गाप्रसाद गौतम, लिलबहादुर क्षेत्री, कृष्णप्रसाद रिजाल, केपी भण्डारी, रोहितकुमार श्रेष्ठ, अशोक अधिकारी, सिद्धार्थलाल चुके, चन्द्रमणि सापकोटा, सोमप्रसाद काप्रीले उम्मेद्वारी दर्ता गराएका छन् ।
वाणिज्यतर्फ सदस्य
त्यसैगरी वाणिज्यतर्फको सदस्यमा बद्री पौडेल, नारायण काफ्ले, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, बाबुराम कँडेल, लक्ष्मी रिमाल पौडेल, शंकरप्रसाद घिमिरे, मुना गुरूङ, प्रभात ढुंगाना, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, बलराम भण्डारी, ईश्वरीप्रसाद खराल, तारानाथ पाठकले उम्मेद्वारी दर्ता गराएका छन् ।
वस्तुगततर्फ सदस्य
वस्तुगततर्फको सदस्यमा शिवप्रसाद ओझा, रविन्द्र बराल, दीपकशर्मा पौडेल, विकास थापा, कृष्णप्रसाद काफ्ले र किरण कुमार खनालले उम्मेद्वारी दिएका छन् । महिला उम्मेदवारमा सुलोचना श्रेष्ठ राजु प्यानलबाट र रजनी मास्के सहनलाल प्यानलबाट रहेकी छन् ।
तीन निर्विरोध
सदस्यतर्फ तीन जना निर्विरोध निर्वाचित भएका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर विक र क्षेत्रीय सदस्यमा उवा संघ माडीका रेशमलाल आचार्य निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले बताए ।
‘कुनै पनि संस्था विधिको शासन र पद्धति चल्नुपर्छ, संघलाई विधिको शासन र पद्धतिमा चलाउन मेरो उम्मेदवारी हो, बुधबार उम्मेदवारी दर्ता भएपछि हालका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने,‘वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छे, मेरो अब जाने ठाउँ पनि अध्यक्षमा हो ।’
व्यवसायीको हकहितको लागि लड्न पनि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए । ‘व्यवसायिक एकता गर्न र समग्र चितवनको विकासका लागि नै मेरो उम्मेदवारी हो, मनोनयन दर्तापछि सहनलाल प्रधानले भने,‘व्यवसायीहरुको माग र व्यापक दबाबका कारण मैले अध्यक्षमा उम्मेदवारी दिनुपरेको हो ।’ प्यानल नै खडा गरेर चुनावी प्रतिस्पर्धामा प्रधान र श्रेष्ठ लागि परेका छन् । दुवै उम्मेदवार घरदैलो तथा विभिन्न कार्यक्रममा सरिक हुँदै मतदाताको मन जित्ने भूमिका खेलिरहेका छन् ।
अघिल्लो पटक चुनावी प्रतिस्पर्धामा एकै प्यानलबाट सहनलाल प्रधान अध्यक्ष र राजु श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका दाबेदार थिए । जसमा प्रधान हालका अध्यक्ष राजन गौतमसँग पराजित भएका थिए भने श्रेष्ठले चुनाव जितेका थिए

Comments

About the author

चितवन पोष्ट