गृह » अर्पण सहकारीको अध्यक्षमा भुसाल
अर्थ समाचार समाज

अर्पण सहकारीको अध्यक्षमा भुसाल

रत्ननगर । रत्ननगर–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले यमन भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मेघनाथ पौडेल, सचिवमा सुरज पौडेल र कोषाध्यक्ष किशोर चालिसे चयन भएका छन । समितिको सदस्यहरुमा विपिन शर्माआचार्य, जायश्वर शर्मा, दिपेन्द्र शर्मा चापागाई, रामकुमार बजगाई, योगराज सुवेदी, सम्झना कुमारी पौडेल र पार्वती पौडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजक रामचन्द्र देवकोटा, सदस्यहरुमा माधव पौडेल, महेश पाण्डेलाई चयन गरको छ ।
चितवन क्षेत्र नं.१ का प्रदेशसभा सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा पाँच उत्कृष्ट ऋणि, पाँच जना उत्कृष्ट बचतकर्तासहित ज्येष्ठ शेयर सदस्य कोपिलामणि पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा स्वस्तिका खड्कालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष वेदप्रसाद आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मेघनाथ पौडेलले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रामचन्द्र देवकोटाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समानुपातिक सांसद कञ्चन खनाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य भरत दवाडी, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाल, वडा नं.१ का वडा सदस्य शालिकराम पराजुली, सर्वज्ञ बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपेन्द्र रिजाल, स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नोदनाथ लामिछाने, जनजागृति सहकारी संस्थाका अध्यक्ष रमाकान्त पौडेल, अमृतधारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एकनारायण पौडेल, नेकपा एमालेका नगर इन्चार्ज रामशरण कुँवर, कांग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट