गृह » ‘कांग्रेसमा आमुल परिवर्तनको खाँचो’
राजनीति

‘कांग्रेसमा आमुल परिवर्तनको खाँचो’

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसको संठगनमा आमुल परिवर्तनको खाँचो रहेको बताएका छन् । डा कोइरालाले पार्टीको नेतृत्व फेरिँदैमा आमुल परिवर्तन नहुने र त्यसका लागि कार्यकर्तामा एकताको आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेसबाट नवलपुर क्षेत्र नं १ को सांसदमा विजयी भए पछि पहिलो पटक आफनो निर्वाचन क्षेत्रको पहाडी बुलिङटार गाउँपालिकामा आयोजना गरिएका स्वागत तथा बधाई कार्यक्रममा सरिक हँुदै कोइरालाले सो कुरामा जोड दिएका हुन् । विजयी भएपछि कार्यकर्ताहरुलाई बधाई तथा शुभकामना दिन बुलिङ्टार पुगेका सांसद तथा महामन्त्री डा कोइरालाले अब कांग्रेस नयाँ ढँगले नयाँ विचारका साथ जनताका माझमा स्पष्ट दृष्टिकोण र एजेन्डा बोकेर जाने बताए ।

Comments

About the author

चितवन पोष्ट