गृह » मतदाता फकाउँदै उवासंघका उम्मेदवार 
प्रमुख समाचार

मतदाता फकाउँदै उवासंघका उम्मेदवार 

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि दुवै प्यानलका नेताहरु मतदाता फकाउन लागि परेका छन् ।
केहीले व्यवसायी सम्वद्धहरुलाई आआफ्नो पक्षमा बोलिदिन र मत मागिदिनसमेत अनुरोध गर्न थालेका छन् । अधिवेशनको दिन छोटिँदै जाँदा उम्मेदवारहरु थप तात्तिएका छन् । माहोल आफ्नो पक्षमा पार्नका लागि आआफ्ना रणनीति अघि सारिएका छन् ।
सामाजिक सञ्जाल र मुल धारका मिडियामा समेत विज्ञापनमार्फत मत माग्न थालिएको छ ।
अध्यक्ष पदका उम्मेदवार सहनलाल प्रधानले व्यवसायिक हकहितका लागि आफ्नो उम्मेद्वारी भएको बताए । अध्यक्ष पदका अर्का उम्मेदवार राजु श्रेष्ठले हिजो भएका सरसहयोग र योगदानका आधारमा व्यवसायीले आफूलाई न्याय गर्नेमा आफू विश्वस्त रहेको विचार राखे ।
प्रधानले उद्योग वाणिज्य संघलाई विधि र विधानअनुरुप चल्ने संस्था बनाउन आफू अध्यक्षको उम्मेद्वार बनेको बताइरहँदा अर्को उम्मेदवार श्रेष्ठले संघलाई नेपालको इतिहासमा नयाँ उचाइमा पु¥याउने दाबी गरे ।
प्रधान प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा भोजराज कौडाल, चिरञ्जीवी सुवेदी र सुमन श्रेष्ठ उम्मेदवार छन् । श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु कँडेलका साथै अन्य उपाध्यक्षहरुमा विपिन रामुदामु, नविन कँडेल र राजेन्द्र कँडेल रहेका छन् ।

Comments

About the author

चितवन पोष्ट