गृह » ओम्नी कार्गो भ्यान किन्दा विशेष अफर
अर्थ समाचार समाज

ओम्नी कार्गो भ्यान किन्दा विशेष अफर

भरतपुर । जेपी मोटर्स भरतपुरले ओम्नी कार्गो भ्यान खरिदमा आकर्षक योजना सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले आकर्षक योजनाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । १० लाख ३९ हजार रूपैयाँ मूल्य बराबरको ओम्नी कार्गो भ्यान खरिद गर्दा विभिन्न अफर ल्याइको छ । नगद २० हजारसम्म छुट, एक वर्षको निःशुक बिमा, एक वर्षको सवारी कर छुट, नामसारी निःशुल्क जस्ता आकर्षक योजना सार्वजनिक गरिएको हो । जेपी मोटर्सका सञ्चालक प्रतिक श्रेष्ठले विशेष योजना चैतसम्म लागू हुने बताए ।
विपन्न समुदायलाई लक्षित गरी यो योजना ल्याइएको उनले बताए । प्रभु बैंकमार्फत शून्य प्रतिशत सेवा शुल्कमा सहज फाइनान्सको व्यवस्था समेत मिलाइएको उनले बताए । शहर तथा भीडमा उपयुक्त, सामान झिक्न र राख्न सजिलो, तेल खपत राम्रो भएकाले यो भ्यान रोजाइमा पर्ने उनको दाबी छ ।

 

Comments

About the author

चितवन पोष्ट