गृह » साथी सहकारीको अध्यक्षमा टेकबहादुर
अर्थ समाचार समाज

साथी सहकारीको अध्यक्षमा टेकबहादुर

पर्सा । साथी बचत तथा ऋण सहकारी संस्था खैरहनी–८ पर्साको मंगलबार सम्पन्न सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले टेकबहादुर थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हेमप्रसाद कँडेल, सचिवमा सोमनाथ तिमिल्सिना, कोषाध्यक्षमा रामकृष्ण पन्त रहेका छन् । त्यसैगरी सभाले रामनाथ पाठकको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको छ । संस्थाका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रदेशसभाका सांसद दवादोर्जे लामा प्रमुख अतिथि रहेका थिए ।

Comments

About the author

चितवन पोष्ट