गृह » सर्वोदयको स्वर्ण महोत्सव
अर्थ समाचार समाज

सर्वोदयको स्वर्ण महोत्सव

गीतानगर । सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाको स्वर्ण महोत्सव एवम् २४ औ साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमराज कोइरालाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष बाबुराम न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराईको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै भट्टराईले सहकारीले देशको आर्थिक विकासमा उल्लेखनीय सहभागितामार्फत योगदान दिएको बताए । उनले सहकारीलाई व्यवस्थित गरेर अगाडि लैजान सके मात्र देशको आर्थिक उन्नति हुने र उपभोक्ता एवम् जनताको आर्थिक बृद्धिदरमा टेवा प¥याउन सकिनेमा जोड दिए । संविधानले सहकारी ऐनलाई स्थानीय स्तरमा केन्द्रित गरेकोले यसको सफल कार्यान्वयन हुनु जरुरी रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष भगिरथ तिमिल्सिनाले सहकारीको विकास नै देश विकासको आधार रहेको बताए । उनले एकै ठाउँमा एकै प्रकृतिका सहकारी हुनु बिडम्बना रहेको टिप्पणी गरे ।
भरतपुर महानगरपालिका वडा न ६ का वडा अध्यक्ष हरिविलास कोइरालाले सहकारीलाई बचत गर्ने माध्यम मात्र नसोची यसलाई लगानीमैत्री संस्थाको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा सस्थामा आवद्ध, सहयोग गर्ने व्यक्ति, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो । संस्थाको चालु आर्थिक वर्षमा एक करोड तीन लाख ५३ हजार ३३ को खर्च , एक करोड १८ लाख २८ हजार २७९ को आम्दानी भएको छ । संस्थाको यस वर्ष एक लाख ५१ हजार १०१ रुपैयाँ नाफा भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष प्रेमराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट