गृह » यस वर्ष तोरीको उत्पादनमा वृद्धि हुने
अर्थ समाचार समाज

यस वर्ष तोरीको उत्पादनमा वृद्धि हुने

नवलपुर । नवलपरासीमा यस वर्ष तोरीको उत्पादनमा ८ प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ ।
विगतका वर्षहरुमा उत्पादनमा निरन्तर ओरालो लागेको तोरी यस वर्ष भने वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको हो । जिल्लामा तेलहन बालीहरुमा तोरी, तिल, सरसिउ, सूर्यमुखी बाली लगाइने गर्छ । जस मध्ये धेरै उत्पादन हुनेमा तोरी पर्दछ । नवलपरासीमा तीन हजार १९४ हेक्टरमा तोरी बाली लगाउने गरिन्छ । विसं २०७३ सालको तथ्याङ्क हेर्दा तीन हजार १९४ हेक्टरमा लगाइएको तोली बालीबाट दुई हजार ८७४ मेट्रिक टन तोरी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका योजना अधिकृत श्रीकान्त घिमिरेले जानकारी दिए ।
नवलपरासी जिल्लामा यस वर्ष तीन हजार १९४ हेक्टर क्षेत्रफलमा तोरी बाली लगाइएको छ र गतवर्ष भन्दा यस वर्ष तोरीको उत्पादनमा ८ प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृर्र्षि िवकास अधिकृत तेजनारायण गैरेले बताए ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७४÷०७५ मा जिल्लामा तोरी उत्पादनको परिमाणमा ७ देखि ८ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । विगतका वर्षमा तोरी खेतीको सिजनमा बीउ, मलको अभाव हुने भए पनि यस वर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएसँगै उत्पादनमा वृद्धि भएको हो । तोरी फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलताले यस वर्ष जिल्लामा तोरीको उत्पादनमा ८ प्रतिशतले वृद्धि हुने कृषि कार्यालयको अनुमान छ ।
तोरी खेतीको समयमा बीउबिजनको अभाव, शीतलहर, रासायनिक मलको अभाव, तोरी बालीमा किरा लाग्ने लगायतका समस्याले गर्दा प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन कम भएकोमा यस वर्ष भने तोरीको लागी उपयुक्त वातावरण मिलेकाले तोरी उत्पादनमा गत वर्षभन्दा उत्पादनमा वृद्धि हुने कृर्षि विकास अधिकृत गैरेले बताए ।
नवलपरासी जिल्लाको नवलपुरको गँैडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिकामा र परासी क्षेत्रको सुनवल, बर्दघाट, नगरपालिका र सरावल गाउँपालिकाका विभिन्न भागलाई तोरीको पकेट क्षेत्रको रुपमा लिन सकिन्छ । यस वर्ष पनि यी सबै क्षेत्रमा लगाइएको तोरी बाली राम्रो भएको कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट