गृह » रत्ननगरमा पाठेघर जाँच शिविर
समाचार समाज स्वास्थ्य

रत्ननगरमा पाठेघर जाँच शिविर

रत्ननगर । रत्ननगर नगर कार्यपालिका वडा नं.९ का महिलाहरुको पाठेघरको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
वडा कार्यालयको सहयोगमा स्थानीय उपभोक्ता समितिले आयोजना गरेको दुई दिने शिविरको पहिलो दिन साविक वडा नं.७ मा ४३ जना र साविक वडा नं. ६ मा ५२ जना महिलाको पाठेघर चाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिइन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको लामाले बताइन् । वडा अध्यक्ष रोशन आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्यहरु कमानसिं चौधरी, गायत्री विक, मनबहादुर थापामगरलगायत विभिन्न टोल विकास संस्था तथा संघसंस्थाका अध्यक्षसहित पदाधिकारीहरुको सहभागिता रहेको थियो । उपभोक्ता समितिकी संयोजक कमला घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट