गृह » वाम एकता : जबज तथा माओवादको औचित्य
विचार

वाम एकता : जबज तथा माओवादको औचित्य

– रामशरण गैरे
sriramgaire@gmail.com
वाम एकतासँगै जनताको बहुदलीय जनवाद (जबज) र माओवादको भविष्य के हुने भन्ने बहस सुरू भएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजको आधारमा एमाले अगाडि बढेको छ भने अर्कातिर माओवादको जगमा नेकपा माओवादी केन्द्रले दस वर्षसम्म जनयुद्ध सञ्चालन गरेको थियो । अहिले दुवै पार्टी एकताको चरणमा छन् । माओवादी जबज र एमालेले माओवादलाई स्वीकार गर्ने पक्षमा छैनन् । दुवै सिद्धान्तको ‘फ्युजन’ गरेर नयाँ सिद्धान्तको प्रतिपादन गर्नुपर्ने आवाज दुवै पक्षबाट उठेको छ । जबज र माओवादलाई वर्तमान परिस्थितिमा परिमार्जन गर्दै नयाँ सिद्धान्तको प्रतिपादन गरेर एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
जबज अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्ति हो । अब नेपालमा अर्धसामन्ती व्यवस्था र अर्धऔपनिवेश समाप्त भएको छ । जबजले शान्तिपूर्ण ढंगबाट जनवादी क्रान्ति गर्ने भनेको छ । त्यस कारण, जबजको सैद्धान्तिक आधार समाप्त भएको एमालेका उपमहासचिव घनश्याम भुसाललगायतका नेता भनिरहेका छन् । माओवादले सशस्त्र क्रान्तिबाट जनवादी क्रान्ति पूरा गर्ने भनेको छ । माओवादीले सशस्त्र क्रान्तिको बाटो छोडेर शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । त्यस कारण ‘माओवाद’ को सैद्धान्तिक आधार सकिएको छ । माओवादी आन्दोलनको सान्दर्भिकता सकिएको र माओवादी आफैँ रुपान्तरित भएर नयाँ धारमा आएको छ । अब नयाँ चरणमा प्रवेश गरेको र नयाँ नीति र कार्यक्रम ल्याएर अघि बढ्नु्पर्ने छ । जबज र माओवादलाई सन्दर्भ सामग्रीका रुपमा लिएर नयाँ सिद्धान्त प्रतिपादन गर्ने बहस चलेको छ । विचारको पनि बहस होला र नामकरण के दिने छलफल पनि होला ! त्यो अर्कै विषय हो, तर एउटा सत्यचाहिँ के हो भने जनताको बहुदलीय जनवाद सफल भएको विचार हो र शान्तिपूर्ण आन्दोलनबाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गराएको जबजको भाव र मर्मलाई जोगाउनुपर्छ, तर खेर फाल्नुहुँदैन । सफल भएको विचार विज्ञान पनि हो यो, समयसापेक्ष परिष्कृत हुन सक्दछ तर यसको औचित्य समाप्त हुँदैन ।
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ । जुन गतिशील र समय सापेक्ष हुन्छ भन्ने मर्मलाई बोकेको नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ प्राण हो, जनताको बहुदलीय जनवाद । जनताको बहुदलीय जनवाद माक्र्सवाद र लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त हो । अझ यसको मूल सार शान्तिपूर्ण आन्दोलनवाट आमूल परिवर्तनको दिशा हो । राजनीतिक परिवर्तनको आन्दोलनमा एउटा मह¤वपूर्ण परिवर्तन मान्नुपर्दछ भन्ने आत्मसात् गरी आफ्नो योगदानलाई पुँजीकृत गरिएको विचार हो यो । आफ्नै योगदान र बलिदानबाट प्राप्त परिवर्तनको सानो प्रयास, कम विनास र सानो क्षतिमै ठूलो उपलब्धि प्राप्ति नै सम्भव छ भन्ने विश्वासको मार्गदर्शन हो, जनताको बहुदलीय जनवाद । शान्तिपूर्ण आन्दोलनबाट एउटा सामान्य परिवर्तन मात्र होइन, आमूल परिवर्तन सम्भव छ र कम्युनिस्टहरु त्यो योग्यता राख्न सक्छन् भन्ने आत्मविश्वासको एउटा गतिशील दर्शन हो, जनताको बहुदलीय जनवाद । जनताको बहुदलीय जनवाद नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपाली क्रान्ति र क्रान्तिछिको निर्माण कालमा समेत मार्गदर्शन गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यान्वयन गर्ने कार्यक्रम दुवै हो ।
जबजले श्रमजीवी वर्गको पक्ष एवं हितमा समाजको आमूल परिवर्तन गर्ने अभियानलाई अगाडि बढाइरहेको छ । सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरुको शोषण, उत्पीडन समाप्त गरी मजदुर, किसान तथा सामन्तवाद–साम्राज्यवादविरोधी सम्पूर्ण जनवादी, देशभक्त र न्यायप्रेमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गर्नु यसको उद्देश्य हो । नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्र्मिनरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गर्ने, मानवअधिकार र मौलिक हकअधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्ने, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने व्यवस्था गर्ने, विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने, सामन्तवाद दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण तथा उत्पीडनका सम्पूर्ण अवशेषहरुलाई कानुनसम्मत ढंगले निर्मूल गर्ने र नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण अबको मुख्य कार्यभार हुनुपर्दछ । क्रान्तिले सामन्ती सत्तालाई विस्थापित गरेर स्थापित गरेको नयाँ राज्य संरचनालाई माध्यम या साधनका रुपमा प्रयोग गरी नवनेपाल निर्माणको अभियान सञ्चालन गरेर उक्त कार्यभार पूरा गर्न सकिन्छ ।
माक्र्सवाद कोरा सिद्धान्त होइन । यसले व्यवहारलाई ठोस रुपमा मार्गदर्शन गर्न सक्नुपर्दछ । व्यवहार निरन्तर गतिशील भैरहने विषय हो । व्यवहारको निम्ति आवश्यक पर्ने सिद्धान्त पनि गतिशील हुन सक्नुपर्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु नै माक्र्सवादको आत्मा हो । जनताको बहुदलीय जनवाद नेपालको विशिष्ट परिस्थितिको ठोस क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपालको ठोस परिस्थितिको ठोस विश्लेषणको उपज हो । यो कुनै कोरा कल्पना तथा जडसूत्र होइन । सविधानको सर्वोच्चता, विधिको शासन, शक्तिपृथकीकरण, मानवअधिकार तथा मौलिक हक, आवधिक निर्वाचन, बहुमतको सरकार तथा अल्पमतको विपक्ष, जनताप्रति उत्तरदायी शासन यसका आधार हुन् । त्यसैगरी सामाजिक, सांस्कृतिक मान्यताहरु बहुलवादी खुला समाजको स्थापना र जाति, भाषा, धर्म, संस्कृति, लिंग र वर्गको आधारमा गरिने विभेदको अन्त्य र सामन्तवाद, दलाल, नोकरशाह, पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद, शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरुलाई अन्त्य गरी जनवादी अर्थव्यवस्था स्थापना गर्ने काम बाँकी रहेको छ ।
माक्र्सवादका जस्तै जबजका पनि सैद्धान्तिक आधार र वस्तुगत आधारहरु रहेका छन् । माक्र्सवाद–लेनिनवादका मूल सैद्धान्तिक मान्यता, नेपालको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखि नै अँगाल्दै आएको लोकतान्त्रिक मूल्यमान्यताहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरु जबजको सैद्धान्तिक मान्यताहरु हुन् भने नेपालको विशिष्ट अवस्था, अन्तर्र्रािष्ट्रय कम्युनिस्ट आन्दोलनको विशिष्ट अवस्था र नेपाली कम्युनिस्ट आन्दोलनको विशिष्ट अवस्था यसका वस्तुगत आधारहरु हुन् ।
सर्वहारा श्रमजीवी जनताको मुक्तिको लक्ष्य लिएर सन् १८४८ मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । माक्र्सवादको वैचारिक हतियारले सुसज्जित संसारका सर्वहारा श्रमजीवी जनता मानवले मानवमाथि गर्ने शोषण तथा उत्पीडनको विरोधमा उत्रिन थाले । सामन्तवाद र साम्राज्यवादलाई परास्त गर्दै आफ्नो देशमा सर्वहारा श्रमजीवीहरुको राज्यसत्ता स्थापना गर्ने कामको नेतृत्व गर्न थाले । लेनिनको नेतृत्वमा सोभियत संघमा, माओको नेतृत्वमा चीनमा, किम इल सुङको नेतृत्वमा कोरियामा, होचिमिन्हको नेतृत्वमा भियतनाममा, टिटोको नेतृत्वमा युगोस्लाभियामा र क्यास्ट्रोको नेतृत्वमा क्युवामा क्रान्ति सम्पन्न भएका थिए । यस्तै, नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रम र संघर्षमा प्राप्त अनुभवहरुको सश्लेषणबाट निकालिएको निष्कर्ष हो– बहुदलीय जनवाद । आज यिनै मान्यताका साथ आफ्नो राजनीतिक, सांगठानिक र वैचारिक कामलाई अगाडि बढाइरहेको अवस्था छ । दार्र्शिनक मान्यताजस्तै यसका राजनीतिक मान्यताहरु अधिकांश २०६२÷२०६३ सालको क्रान्तिपछि लागू भइसकेको अवस्था विद्यमान छ ।
माक्र्सवादले हरेक वस्तु र घटनाको अध्ययन तथा विश्लेषण सम्बन्धित वस्तु या घटनाकै अन्तरर्नििहत द्वन्द्वात्मक गतिका आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । आजसम्मका दार्र्शिनकहरुले संसारको व्याख्या मात्रै गरे, तर मूल सवाल यसलाई बदल्नु हो । समाज वर्गमा विभाजित भएको हुँदा मूल समस्या वर्गीय समस्या भएकोले यस्तो समाज बदल्न चाहनेहरुले श्रमजीवी वर्गको पक्षमा उभिनु पर्नेमा जोड दिन्छन् । श्रमजीवी वर्गको पक्षपोषण गर्ने र वर्गसंघर्षको बाटो हिँड्ने मान्यता हो । जबजले दर्शन र सिद्धान्तहरु केवल चिन्तन अनि पद्धति मात्र नभएर कार्यपद्धतिसमेत हुन् र यिनीहरु गतिशिल हुन्छन् भनेको छ । जननेता कमरेड मदन भण्डारीका अनुसार ‘क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ । विगत क्रान्तिले पुरानो समाजको जगलाई तोडेको छ । अब नयाँ समाजको संरचना सुदृढ पार्ने काममा लाग्नुपर्दछ । यही नै अबको हाम्रो दायित्व हो । कमरेड मदनकै अनुसार ‘विद्यमान समाजको गर्र्भिभत्र नै नयाँ समाजका त¤वहरूको उदय र विकास नभई क्रान्ति हुन सक्दैन हो, त्यसैले हिजो सामन्ती समाजको गर्र्भिभत्र पुँजीवादी समाजका त¤वहरुको उदय र विकास भइरहेको थियो । ती त¤वहरुको विकासले सामन्ती त¤वहरुलाई विस्थापित गर्दै लगेको थियो । परिणामस्वरुप, सामन्ती राज्यव्यवस्था ढलेको छ र पुँजीवादी राज्यव्यवस्था स्थापित भएको छ । अब यस राज्यव्यवस्थालाई प्रयोग गरेर विद्यमान समाजभित्र र समाजवादी समाजका त¤वहरुको उदय र विकास गराउनु अर्थात् समाजवादका आधारहरु निर्माण गर्नु हामी क्रान्तिकारीहरुको दायित्व हो । यही दायित्व पूरा गर्न तल्लीन भएर लाग्नुपर्ने बेला भएको छ । कम्युनिस्ट हुनु भनेको वास्तवमा श्रमजीवी जनताका राजनीतिक मात्र होइन आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका निम्ति समेत लड्ने, सामाजिक न्यायका निम्ति लड्ने र समाजको आमूल परिवर्तनका निम्ति लड्ने मान्छे हुनु हो ।

 

Comments

About the author

चितवन पोष्ट