गृह » रत्ननगर अस्पतालका कार्ययोजना गोष्ठी
समाचार समाज स्वास्थ्य

रत्ननगर अस्पतालका कार्ययोजना गोष्ठी

रत्ननगर । रत्ननगर अस्पतालले सञ्चालन गर्ने १४ घण्टे अकास्मिक प्रसुति तथा शल्यक्रियाको बारेमा शनिबार कार्ययोजना गोष्ठी गरिएको छ ।
परिवार स्वास्थ्य महाशाखाको सहयोगमा अस्पतालले आयोजना गरेको सो कार्यक्रममा बच्चा जन्मिनु अघि र बच्चा जन्मिसकेपछिको खतरा न्यूनीकरणको लागि गर्न सकिने कामहरुको विषयमा समूहगत छलफल गरिएको अस्पतालका मेसु डा अजय न्यौपानेले जानकारी दिए । उनले चौबिसै घण्टा स्त्रीरोग विशेषज्ञको प्रत्यक्ष संलग्नतामा जस्तोसुकै सुत्केरी गराउने सुविधा प्रदान गर्ने गोष्ठीले कार्ययोजना तयार पारेको उनले जानकारी दिए । पेट चिरेर बच्चा निकाल्ने काममा रत्ननगर अस्पताल सफल भएको भन्दै उनले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने स्रोत र साधनको उपलब्धताको विषयमा पनि छलफल भएको डा न्यौपानेले बताए ।
रत्ननगर नगर कार्यपालिकाकी उपमेयर विमला दूवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा विकास देवकोटा,उपनिर्देशक डा पुण्य पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजय झा, जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए । अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम जनस्वास्थ्य निरीक्षक भोजराज खनालले सञ्चालन गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट