गृह » मह¤वाकांक्षी नगरसभाका योजनाहरु
सम्पादकीय

मह¤वाकांक्षी नगरसभाका योजनाहरु

भरतपुर महानगरपालिकाको पहिलो नगरसभा आज समापन हुँदैछ । कुल ३ अर्ब ५० लाखको अनुमानित बजेट बनाएको नगरसभाले चालू आर्थिक वर्षको पहिलो ६ महिना जनप्रतिनिधिहरुले योजना र बजेटबिना नै बिताएका छन् । यसपटक महानगरपालिकाले गर्न नसक्ने कुरा नभन्ने र जे भनिन्छ त्यो गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । नगरसभाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन तहमा विकासका योजनाहरु सम्पन्न गर्ने भएको छ । झट्ट सुन्दा र हेर्दा नगरसभाका योजनाहरु मह¤वाकांक्षीजस्तो लागेता पनि असम्भव भने छैन । दृढ इच्छाशक्ति भएमा जुनसुकै काम पनि सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने स्थापित मान्यता रहेको छ । कुनै पनि योजना महानगरवासीको अधिकतम हितमा उपभोग गर्नेतर्फ नगरसभाको ध्यान जानु जरूरी देखिएको छ ।
चितवनलाई मेडिकल सिटी र शैक्षिक हवको रुपमा विकसित गर्नुपर्ने माग पहिलेदेखि नै हुँदै आएको छ । यसैगरी, स्मार्ट सिटी र मेघासिटीको रुपमा विकास गर्नुपर्नेमा त्यसतर्फ नगरसभाको ध्यान गएको पाइँदैन । यस्तै, कृषि क्षेत्र र पर्यटन विकासमा पनि वैज्ञानिक ढंगले विकास गर्नेतर्फ महानगरको ध्यान आकृष्ट हुन सकेको पाइँदैन । तर, देवघाटमा विद्युतीय शवदाह गृह बनाउने, नारायणी र राप्ती नदीमा तटबन्ध निर्माण, रिङरोड र लिंक रोडजस्ता मह¤वपूर्ण योजनाहरु कार्यान्वयन हुने भएका छन् । यस्तै, वित्तीय व्यवस्थापन र सुशासन, आकाशे पुल निर्माण र नारायणीमा तीनवटा पुल बन्ने प्रतिबद्धता आफैँमा स्वागतयोग्य छ ।
संघीयताअन्तर्गतको स्थानीय तहको पहिलोपटक सम्पन्न भएको महानगरपालिकाका पदाधिकारीहरु अनुभव गर्न नपाएका विकासका अभियन्ताहरु हुन् । अहिले उनीहरुले आर्थिक समृद्धि र विकासमा रंगीन र मह¤वाकांक्षी सपनाहरुलाई बिपनामा परिणत गर्न बजेटले मात्र पुग्दैन । महानगरको आवश्यकता के हो र हाम्रो दृष्टिकोण तथा आर्थिक क्षमता कति छ भन्ने कुरालाई यो नगरसभाले स्पष्ट रुपमा बुझेर विकासका कामहरु अघि बढाउनु आवश्यक देखिन्छ । परीक्षणका रुपमा रहेका हाम्रा विकासका योजनाहरुले हाम्रो सामु चुनौती पनि थपेका छन् । चितवनजस्तो समृद्ध जिल्लाको मुटु मानिने भरतपुर महानगरपालिकाले भौतिक विकास मात्र गरेर पुग्दैन, बरू सामाजिक उत्तरदायित्वलाई पनि राम्रोसँग बुझेर विपन्न वर्गको शिक्षा, स्वास्थ्य र स्वरोजगारीका अवसरहरु सिर्जना गर्नु पनि उत्तिकै जरूरी देखिन्छ । नगरसभाको ध्यान यसतर्फ पनि पुग्न सकोस् भन्ने हाम्रो चाहना हो ।

Comments

About the author

चितवन पोष्ट