गृह » ‘विकासमा सहमति नभए फेरि दुर्घटना’
राजनीति समाचार समाज

‘विकासमा सहमति नभए फेरि दुर्घटना’

?

भरतपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका मुद्दामा सहमति नभए फेरि दुर्घटना हुन सक्ने बताएका छन् । भरतपुर महानगरपालिकाको पहिलो नगरसभा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले विकासका मुद्दामा सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले भने, ‘हामी कसैलाई निषेध गर्न चाहँदैनौँ, चाहे दल होस् चाहे छिमेकी होस् । कसैलाई निषेध गर्दैनौँ ।’ उनले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्ने बताए ।
‘हामी भारतपरस्त होइन, चीनपरस्त पनि होइनौँ, हामी नेपालपरस्त हौँ’ उनले भने, ‘महानगरको ठूलो हिस्सा मेरो क्षेत्र पनि भएकाले यसलाई मैले नजिकबाट हेरेको छु ।’ उनले आफू भरतपुर महानगरको नगरसभा उद्घाटन गर्न आउँदा प्रमुख अतिथिजस्तो नलागेको बताए ।
उनले भने, ‘यहाँ उठेको समस्यालाई मैले नोट गरेको छु, हरेक ठाउँमा मेरो सहभागी हुन्छ, मैले केन्द्रमा के गर्नुपुर्छ, त्यही गर्छु ।’ उनले महानगरलाई सडक कालोपत्रे गर्न, सकुमबासी समस्या हल गर्न र नारायणी नदीको सदुपयोग गर्न सुझाव दिएका थिए । उनले आफ्नो रियल इमेज अहिले भएको बताउँदै उनले भने, ‘मधेस, पहाड, हिमाल मिलाएँ, भारत र चीनलाई पनि मिलाउने काम मबाटै भयो, फुटेको कम्युनिष्टलाई मिलाउने काम पनि मैले नै गरेको हुँ । त्यसैले मिल्ने शक्तिलाई मिल्न दिऔँ, मिल्नेलाई फुटाउने कोशिस नगरौँ ।’

Comments

About the author

चितवन पोष्ट